विराटनगरमा ३०५ सहित प्रदेश १ मा आज ५९१ जना संक्रमित थपिए

 न्यूज विराट
विराटनगरमा ३०५ सहित प्रदेश १ मा आज ५९१ जना संक्रमित थपिए

विराटनगर, १ जेठ । प्रदेश १ मा शनिबार ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश राजधानी विराटनगरमा मात्र शनिबार विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५ जना संक्रमित थपिएका हुन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३ हजार १९८ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ८५६ संक्रमणमुक्त भएका छन् । शनिबार १४५ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ११ हजार ७०८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३१९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २४३ महिला र ३४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौं, जेठ २३-रुकुम घटनाको विशेष समिति बनाएर छानबिन गरिने भएको छ । रुकुम घटनालाई लिएर प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि साप्कोटाले संसदीय समिति बनाउने आश्वासन दिएका हुन् । उनले संसदमा रहेका दलहरूसँग परामर्श...

४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, २ माघ । पछिल्लो २४ घण्टामा नेपालमा ४९६१ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको कोरोना परीक्षण गरिएको...

विराटनगरमा लाग्दै आएका हाटबजार बन्द, सुपर मार्केटहरुमा पनि छैन सतर्कता

विराटनगर, चैत ९ –कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालीकाले महानगर क्षेत्रमा लाग्दै आएको साप्ताहिक हाटबजार आजबाट हटाउने निर्णय गरेको छ । विराटनगर महानगरपालिका भवनसँगै जोडिएको सडकमा दशकौंदेखि लाग्दै आएको साप्ताहिक शनिबारे लगाउने तयारी...

चौथो पटक श्रीलंकाको प्रधानमन्त्री बने महिन्दा राजापाक्ष 

एजेन्सी, साउन २५ -श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको शपथ लिएका छन् । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज

विराटनगर, १६ मंसिर–प्रदेश १ मा मंगलबार १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा दुई÷दुई, ताप्लेजुङ, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश १...

छिमेकी देशसँगको सहकार्यमा कोरोना संक्रमण रोकथाम गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्रहरूसँगको सहकार्यमा कोरोना संक्रमण रोकथाम गरिने बताएका छन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण प्रवेश नहोस् भन्दै उच्च सतर्कता अपनाएको समेत बताए । पहिलो प्राथमिकता नेपालमा कोरोना संक्रमणलाई प्रवेश नहोस्...

नेपालमा थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं, ६ साउन । नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

विराटनगर, ५ वैशाख-प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा समाभुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको हिउँदे अधिवेशन अन्त्यको पत्र पढेर सुनाएसँगै हिउँदे अधिवेशन अन्त्यको भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्