कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

विराटनगर, २१ वैशाख । कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ ।

नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो । महानगरपालिकाको वडा नम्बर ४ स्थित वडा कार्यालयमा बिद्युत हेल्पर पदमा कार्यरत सुभाष खड्काको उपचारका क्रममा विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा मंगलबार मृत्यु भएको छ ।

हाल विराटनगर–१३ मा बसोबास गर्दै आएका खड्का महानगरपालिकामा १५ बर्षदेखि कार्यरत रहेको महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगर १० लाई महानगर स्तरीय आईटीएफ तेक्वान्दोको उपाधि

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि विराटनगर–१० ले जितेको छ ।कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना सम्पन्न भएको प्रतियोगितामा विराटनगर १० ले ११ स्वर्ण, ८ रजत...

फोनपेको दुबई ट्रिपका विजेता घोषणा

काठमाडौं, फागुन १३–नेपालको अग्रणी मोबाइल भुक्तानी नेटवर्क कम्पनी फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाअन्तर्गतका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागि ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल...

डा. पुनलाई स्पष्टीकरण सोधिएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टीकरण नसोधिएको बताएको छ । मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई स्पष्टीकरण नसोधिएको बताएका...

दुव्यर्वहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी, कारवाही गर्न प्रेम कुमारीको माग

विराटनगर । मोरङको सुन्दरहरैचना नगरपालिका – ८ घर भएकी प्रेम कुमारी तिम्सिनाले बुलेरो गाडीमा आएका एक दर्जन बढी व्यक्तिहरुको समूहले दुव्र्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छिन् । भदौ ३ गते दिउँसो १२ बजे...

पशुपतिनाथको जलहरीमा सुन हिनामिना भएको विषयमा अख्तियारद्वारा मुद्दा दर्ताको तयारी

काठमाडौँ — पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो । पशुपतिनाथ मन्दिरमा...

तेस्रो मिल्स टि– २० क्रिकेट : अभिषेकको सतकले वाइआरसीसी सेमिमा

विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतक कटाएपछि विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज विहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा...

काभ्रेमा ५० भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

काभ्रे, ४ जेठ-जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट आज बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो । सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका...

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं,  ९ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यताअनुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् ।  बडादसैंका अवसरमा शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्