कोसी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए, माग पुरा गर्न मन्त्रालयलाई एक साताको अल्टिमेटम

 न्यूज विराट
कोसी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए, माग पुरा गर्न मन्त्रालयलाई एक साताको अल्टिमेटम

विराटनगर, १४ वैशाख । सेवा सुविधा नपाएको भन्दै आन्दोलित बनेका विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । आफ्ना जायज मागहरु पुरा गर्न प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई एक हस्ताको अल्टिमेटम दिँदै उनीहरु काममा फर्किएका हुन् ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफूहरुको विगतको करारलाई निरन्तरता दिनुपर्ने, जोखिम भत्ता दिनुपर्ने र स्वास्थ्यकर्मीहरुका लागि उचित क्वारेन्टाइन, खानालगायतको माग गर्दै सोमबारदेखि आन्दोलित बनेका हुन् ।

करारमा नियुक्ति पाएका स्वास्थ्यकर्मीले माग सम्बोधनका लागि एक साताको समय दिएका छन् । मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाईसहितको टोलीसँग सोमबार स्वास्थ्यकर्मीको छलफल भएको थियो । उनले व्यवस्थित क्वारेन्टाइन, पोषणयुक्त खानाको प्रबन्ध गर्ने र जोखिम भत्ताका लागि केन्द्र सरकारसँग समन्वय गर्ने आश्वासन दिएका थिए ।

छलफलपछि स्वास्थ्यकर्मीले एक साताको समय दिएको जानकारी आफूलाई आएको मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए । उनले उनले स्वास्थ्यकर्मीले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउँदै संकटको बेला विभिन्न अनावश्यक माग राखेर घुक्र्याउन खोजेको दावी गरे ।

उक्त अस्पतालमा ८ जना मेडिकल अफिसर, ८ स्टाफ नर्स र ८ जना हेल्थ असिस्टेन्ट गरि २४ जना कार्यरत छन् । यसबाहेक सामाजिक विकास मन्त्रालयबाट खटिएका चिकित्सक सहितका थप २ जना अन्य कर्मचारी कार्यरत रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

इन्द्रजित राजभण्डारीले पाए स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता

विराटनगर । विराटनगरका इन्द्रजित राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाएका छन् । अमेरिकन स्विमिङ्ग कोचेस् एसोसिएसनले भारतको बैङ्लोरमा फेब्रुअरी १२ देखि १८ फेब्रुअरी आयोजना गरेको लेभल १ देखि ५ लेभलसम्मको कोर्ष पुरा गर्दै राजभण्डारीले स्विमिङ्ग...

ऋचा मेमोरियल टी–२० क्रिकेट : एनबीएससी विराटनगरको पहिलो जित

विराटनगर । एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । आज विराटनगर जुट मिलमा भएको दोस्रो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले हराउँदै एनएनबीएससी...

गणतन्त्रमा असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुँदैनः प्रधानमन्त्री ओली 

काठमाडौं, १५ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभएर नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवनपद्वति भएको बताएका छन् । उनले लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र...

प्रदेश १ मा प्रदेशसभा बैठक फेरि सारियो, अर्को बैठक २ चैतमा

प्रदेश १ को प्रदेशसभा बैठक पुनः स्थगित गरिएको छ । ९ फागुनमा  मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएपछि सभामुख भण्डारीले भोलि २० फागुनमा बैठक बस्ने गरी मिति ताेकेका थिए ।  तर, राजनीतिक सहमतिका लागि भन्दै यसअघि ताेकिएकाे बैठक सारेर...

लकडाउन खुले पनि जोखिम अझै धेरै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, ७ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन खुले पनि कोरोना भाइरस (कोभिड-१९)को जोखिम नघटेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले लकडाउनलाई हटाएर सन्त्रासमा रहेको जनजीवनलाई सामान्य अवस्थामा ल्याउन प्रयास गरेको भए...

डुङ्गा पनि किनारमै थन्किए

राजविराज, २७ वैशाख-वन्दाबन्दीका कारण डुङ्गा चलाउन नपाउँदा पुर्ख्यौली पेसाका रूपमा सप्तकोशीमा माछा मारेर गुजारा चलाउँदै आएका सप्तरीको १ सय ५० परिवार मुखिया समूदायलाई हातमुख जोर्न समस्या परेको छ । लकडाउन कार्यान्वयनका क्रममा स्थानीय प्रशासनले डुङ्गामा...

देशभरकाे माैसम बदली, हिमपातसँगै वर्षाकाे सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आजको मौसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेकका भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले जानकारी दिएका छन् । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी...

इण्डो नेपाल क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा होराइजनको विजय सुरूवात

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगरको जुटमिट खेलमैदानमा सुरू रुपमा सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा घरेलु टिम विराटनगरको होराइजन क्रिकेट क्लबले पाहुना टोली प्रशान्त क्रिकेट क्लब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्