फ्लोर क्रस गर्ने तीन सांसदलाई मुख्यमन्त्री शाहीले दिए मन्त्री पद ‘उपहार’

 न्यूज विराट
फ्लोर क्रस गर्ने तीन सांसदलाई मुख्यमन्त्री शाहीले दिए मन्त्री पद ‘उपहार’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मतप्राप्त गरेसँगै मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले एमालेको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने सांसदहरू नन्दसिं बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्री पद उपहार दिएका हुन् ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार मुख्यमन्त्री शाहीले बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, थापालाई भौतिक पूर्वाधार विकास मन्त्री र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाएका छन् ।

एमालेका ४ सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएसँगै शाहीको मुख्यमन्त्री पद जोगिएको थियो । उनलाई एमाले सांसद प्रकाश ज्वालासहित चार सांसदले विश्वासको मत दिएका थिए ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेले चारै जनालाई कारबाही गरेको छ । बुढा, थापा र शाहीलाई साधारण सदस्य र सांसदसमेत नहरने गरी पार्टीबाट एमालेले निष्कासित गरेको छ भने ज्वालालाई निष्कासित गर्न केन्द्रलाई सिफारिस गरेको छ ।

सम्बन्धित समाचार

व्यवसायीले भने : यथास्थितमा सार्वजनिक यातायात चलाउँदैनौँ

काठमाडौं, २५ असार-व्यवसायीले यथास्थितिमा सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेलगत्तै व्यवसायीले यथास्थितिमा यातायात चलाउन नसकिने बताएका हुन् । यातायात व्यवसायीले साविक...

‘ड्रागन फ्रुट’ खेतीमा कृषकको आकर्षण बढ्दो, राम्रो आम्दानी

विराटनगर, ४ भदौ । सिउँडी जातको पोषिलो फलफूलका रूपमा चिनिने ड्रागन खेतीमा पछिल्लो समय कृषकको आकर्षण बढ्दै गएको छ । खेती सुरु गरेको दोस्रो वर्षदेखि नै राम्रो फल दिने र आम्दानी पनि हुने भएपछि यसको...

सुनिल थापा कांग्रेसमा प्रवेश, देउवाले गरे सानेपामा स्वागत

काठमाडौं, १३ साउन-राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भएका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापाले केहीदिनअघि मात्रै राप्रपा परित्याग गरेका थिए । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो...

महिला क्रिकेट प्रतियोगिता सुरु, विराटनगरका चार स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा महेन्द्र, सरस्वती , आर्दश र आर्दश बालिका स्कुल विजयी भएको...

‘तोहर चर्चा ट्रेन्डिग मे गीत.. ’ को छाँयाकन सकियो, लक्ष्मि पुजाको दिन रिलिज

विराटनगर । विराटनगरका संञ्चारकर्मी नविन कर्णले रचना गरेको मैथीलि भाषाको तोहर चर्चा ट्रेन्डिग मे गीत.. को म्यूजिक भिडियोको छाँयाकन सकिएको छ । डान्सिङ गीतको म्यूजिक भिडियो बिहीबार छाँयाकन सकिएको हो । मैथिली अनलाइनको प्रस्तुतिमा निमार्ण...

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना, उपाधिको लागि भदौ १६ गते भिड्दै

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना प्रतियोगिहरु छनोट भएका छन् । भदौ १६ हुने फाइनलमा विभिन्न चरणको अडिसनबाट ७९ जना छनोट भएका हुन् । जय मिडिया मेनेजमेन्ट प्रा लि...

बेलबारी बोयर बाख्रा प्रकरणः उपप्रमुखद्वारा छानविन समितिमा बस्न अस्वीकार

विराटनगर, २७ जेठ । मोरङको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाले बोरय बाख्रा प्रकरणको छानबिन गर्न गठन गरेको छानबिन समितिमा बस्न अस्वीकार गरेकी छन् । नगरपालिकाको २४ गते बसेको कार्यपालिकाको बोर्डले सत्य तथ्य छानबिन गरी...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

 विराटनगर, १३ असोज । ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्