लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट

 न्यूज विराट
लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट

सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ । लहान-२३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ घण्टा पनि नबित्दै लहान-७ मा फेरि लुटपाट भएको हो ।

लहान-७ का सुनचाँदी व्यसायी राजेश सारडाको घरमा साँझ लुटपाट भएको प्रहरीले जनाएको छ । लुटेराहरूको समूहले सारडाको बा १० च ९३०२ नम्बरको कार नै चोरेर लगेका छन् ।

घटनाको थप विवरण भने आउन बाँकी छ । आफूहरू अहिले खोजबिन तथा अनुसन्धानमै रहेकाले घटनाको विस्तृत विवरण भन्न नसकिने लहान प्रहरीले जनाएको छ ।

‘कार नै चोरेर लगेको जानकारी आएको छ,’ लहानका डीएसपी डा. तपन दाहालले भने, ‘हामी खोजबिन र अनुसन्धानमा खटेका छौँ, सबै डाटा अहिले छैन ।’

लहानमा पछिल्लो एक सातामा तीनवटा लुटपाट तथा डकैतीका घटना घटेका छन् । बढ्दो लुटपाट तथा डकैतीका घटनाले यहाँका सर्वसाधारण त्रासमा छन् ।

सम्बन्धित समाचार

देशभर ३६ हजार १७४ सक्रिय संक्रमित

काठमाडौं, २४ कात्तिक-काठमाडौं उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको संक्रमण मानिसमा देखिएको छ भने निको भएका संख्या घटाउँदा हाल २० हजार सक्रिय संक्रमित देखिएका छन् । देशभर एक लाख ९७ हजार २४ संक्रमित हुँदा उपत्यकामा...

सगरमाथा प्लसटुद्धारा विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगर – १० मा रहेको सगरमाथा प्लस टुले कक्षा १२ उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । सगरमाथा प्लस टु परिसर भित्र आइतबार विहान भव्य कार्यक्रम आयोजना गरी कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरुलाई...

भारतीय कारबाट ७३ किलो गाजा बरामद, विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्याल रानी विराटनगरले भारतीय नम्बर प्लेटको कारबाट लागुऔषध गाँजा बरामद भएको छ । कारमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१८ बाट बिहान २ः३० बजेतिर ७२ किलोग्राम गाँजा आइतबार बिहानका राति...

विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो । क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् ।...

नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि मदरल्याण्डलाई

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरस्थित मदरल्याण्ड एकाडेमीले जितेको छ ।प्याब्सन विराटनगरले आयोजना गरेको नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा ३१ विद्यालयहरुलाई पछि पार्दै मदरल्याण्ड एकाडेमीले उपाधि जितेको हो । प्रतियोगिताको द्धितीय...

विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसित सम्झौता हुँदैन : मेयर कोइराला

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन् । राष्ट्रिय समाचार समितिसँगकाे कुराकानीमा उनले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको स्पष्ट पारे । स्थायी...

बोक्सी आरोपमा मुलमूत्र खुवाउने पक्षद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघको आपत्ति

सिरहामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको घटनाको विषयमा समाचार संकलन गर्न गएका पत्रकारमाथि पीडक भनिएकाे पक्षले गालीगलाैज गर्दै कुटपिटकाे धम्की दिएकाे छ । पत्रकारमाथि भएकाे यसखाले दुर्व्यवहारप्रति आपत्ति जनाउँदै पत्रकार महासंघ सिरहाले दाेषीलाई कारबाही माग गरेकाे छ ।...

घरेलु तथा साना उद्योग महासङ्घद्वारा शुभकामना आदान प्रदान कार्यक्रम 

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित होटेल रुविजमा आइतबार एक कार्यक्रम आयोजना गरी दसैँ, दीपावली...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्