विराटनगर, १५ चैत । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको पूर्ण बैठक जिल्लाकै शुन्दर पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न भएको हो । महासंघको दोस्रो पूर्ण बैठक मोरङको केराबारी गाउँपालिका–२ स्थित पर्यटकिय क्षेत्र जेफालेमा सम्पन्न भएको हो ।
महासंघ र महिला उद्यम समितको संयुक्त बैठक बसेको हो । बैठकले आगामी केन्द्रीय महाधिवेशन र र प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । केन्द्रीय महाधिवेशनका लागि मुकेशकुमार उपाध्याय, नगेन्द्र आचार्य, सुभाष भारती, जयकमल अग्रवाल, जानुका थापालाई सर्वसम्मतरुपमा प्रतिनिधि चयन गरेको छ । त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यम समितिको महाधिवेशनका लागि रुपा श्रेष्ठ, झुमा पोखरेल, सीता राईलाई प्रतिनिधि चयन गरेको महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।
उनका अनुसार नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ को अधिवेशनका लागि अन्जु उपाध्याय, भैरवपसाद रिजाल, लिलादेवि रिजाल, नरेन्द्रपसाद हुमागाई प्रतिनिधि छनौट भएका छन् । त्यसैगरी प्रदेश महिला उद्यम समितिका लागि नमिता न्यौपाने, मञ्जु ढकाल, निर्मला चौहानलाई सर्वसम्मतरुपमा प्रतिनिधि चयन गरिएको अध्यक्ष निरौलाले बताए ।
उनले जिल्लाका पर्यकयीस्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने नीति बमोजिम जेफालेमा बैठक ओयोजना गरिएको जानकारी दिए । अध्यक्ष निरौलाले आफ्नै जिल्लामै रहेका पर्यटकीय स्थलहरुको अवलोकन र प्रवद्र्धन गर्ने उदेश्यले जेफालेमा बैठक आयोजना गरिएको बताए ।