प्रेस यूनियन र प्रेस चौतारीलाई धक्का, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनका तीन उम्मेदवार निर्विरोध निर्वाचित

 न्यूज विराट
प्रेस यूनियन र प्रेस चौतारीलाई धक्का, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनका तीन उम्मेदवार निर्विरोध निर्वाचित

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सचिवसहित दुई जना सदस्यहरु प्रेस सेन्टर र समाजवादी प्रेस संगठनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

महासंघ प्रदेश सचिवमा समाजवादी प्रेस संगठनका धुव्र भट्टराई र महिला सदस्यहरुमा प्रेस सेन्टरका अमृता विश्वकर्मा र बुद्धमाया सोङ्मी निर्विरोध निर्वाचित भएकी हुन् । त्यसैगरी प्रेस चौतारीकी उम्मेदवार बिनु चेम्जोङ्ग पनि सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन् ।

मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस निकटको प्रेस युनियन र एमाले निकटको प्रेस चौतरीले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् भने माओवादी निकट प्रेस सेन्टर र एकीकृत समाजवादी निकटको समाजवादी प्रेस संगठनको गठबन्धन प्रदेशमा रहेको छ । सत्ता गठबन्धनबाट महासंघ प्रदेश सचिबमा बावुराम कार्कीलाई उठाएको थियो । कार्कीले मनोनय पत्रमा हस्ताक्षर नगरेपछि उनको उम्मेदवारी निर्वाचन कार्यालयले खारेजी गरेपछि सचिवमा भट्टराई मंगलबार निर्विरोध भएका हुन् । त्यसैगरी महिला सदस्यमा युनियनको जोस्ना श्रेष्ठ, प्रेस चौतारीको रञ्जना अधिकारी र मनोज दाहालको सदस्य खारेजी भएको छ । उनीहरुको सदस्य प्राप्त गरेको पाँच वर्षको समय अवधी पूरा नभएपछि निर्वाचन कार्यालयले उम्मेदवारी खारेजी गरेको हो । महासंघको विधानमा सदस्यता प्राप्त गरेको पाँच वर्ष पूरा भएकाले मात्रै प्रदेशको सदस्य बन्न पाउने व्यवस्था छ ।

शुक्रबार हुने निर्वाचनमा महासंघ कोशी प्रदेशमा अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा भरत खड्का, विवेक गौतम र सन्तवीर लामाले उम्मेदवारी छ । खड्का सत्ता गठबन्धनको उम्मेदवार हुन् भने गौतम प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत पत्रकार निकट संघको साझा उम्मेदवार हुन् । लामा नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ को तर्फबाट उम्मेदवार भएका हुन् ।
महासंघ प्रदेशमा ७ जनाको पदाधिकारीमा १८ जनाको उम्मेवारी परेको छ । त्यसैगरी १४ जना सदस्य पदको लागि २६ जनाको उम्मेदवारी रहेको छ ।

सम्बन्धित समाचार

विराटनगर १० लाई महानगर स्तरीय आईटीएफ तेक्वान्दोको उपाधि

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि विराटनगर–१० ले जितेको छ ।कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना सम्पन्न भएको प्रतियोगितामा विराटनगर १० ले ११ स्वर्ण, ८ रजत...

एमालेका दोस्रो तहका नेताहरूको निष्कर्ष : सहमति उल्लंघन गर्न नदिने, पार्टीको एकतामा दबाब दिने

एमालेको दोस्रो तहका नेताहरूले शीर्ष नेतालाई १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउन दबाब दिने भएका छन् । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको स्थायी कमिटी सदस्यहरूको अनौपचारिक बैठकले कार्यदलले गरेको १० बुँदे सहमति...

गठबन्धन नगर्न कांग्रेसमा अधिकांशको सुझाव

गाउँ-गाउँ पुगेर फर्किएका अधिकांश कांग्रेस नेताहरूले नेतृत्वलाई गठबन्धन नगर्न सुझाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राखेका २१ मध्ये अधिकांश नेताहरूले गठबन्धन नगर्न सुझाव दिएका हुन् । नेकपा र एमाले विभाजित रहेकाे अवस्थामा कांग्रेसलाई फाइदा हुने भन्दै...

लागु औषध सहित एक जना पक्राउ

विराटनगर । प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले सुनसरी इटहरी ३ का वर्ष ३५ का सबिन खनाललाई लागूऔषधसहित आइतबार पक्राउ गरेको हो । मोरङ रंगेली नगरपालिका – ८...

मोरङ कारागारमा एक जना कैदीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको आइतबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ घर भएका ५५ वर्षीय महानन्द राय अमातको मृत्यु भएको कारागारका जेलर चेतराज बरालले बताए ।...

कोशी अस्पतालमा बेथीति : नाम तोकेर डाक्टरनै पढाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा विरामी

विराटनगर । विराटनगर– १२ बखरीका ३८ वर्षीय श्याम ऋषिदेवको सोमबार एक्कासी पिसाब रोकिएपछि कोशीको आकस्मिक कक्षमा लगिएको थियो । उपचारमा खटिएका थिए, मेडिकल अपिसर डाक्टर तुलसी गोइत । उनले विरामीको सामान्य स्वास्थ्य जाँच गरेपछि भिडियो...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

विराटनगर, २१ पुस-इलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता...

नेकपा स्थायी समिति बैठक सर्‍यो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमीटिको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै सकिएको हो । आजको बैठकमा आफू उपस्थित हुन नसके पनि ओलीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्