प्रदेश १ एमाले संसदीय दलको बैठक : ३२ सांसद उपस्थित, माओवादीका आङ्बुहाङ पनि सहभागी

 न्यूज विराट
प्रदेश १ एमाले संसदीय दलको बैठक : ३२ सांसद उपस्थित, माओवादीका आङ्बुहाङ पनि सहभागी

विराटनगर, ११ चैत । विभिन्न तीनवटा निर्णय गर्दै प्रदेश १ को नेकपा (एमाले) संसदीय दलको बैठक सकिएको छ । प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा बुधबार दलका नेता एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकले ९ फागुनमा प्रदेशसभामा टेबुल भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट हस्ताक्षर गरेका आफ्ना सांसदलाई ७ दिनभित्रमा हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णय गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

नेकपा हुँदा प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले हस्ताक्षर गर्दै १२ पुसमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा एमालेका २१ जना सांसदको हस्ताक्षर थियो । त्यसमध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

सर्वोच्च अदालतको फैसलाले एमाले ब्युँतिएपछि बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न प्रदेशमा आफ्नो दलका मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरिएको अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको भए पनि पार्टीभित्रको विवादका कारण प्रदेश १ मा १५ जनाले अझैसम्म हस्ताक्षर फिर्ता लिएका छैनन् ।

एमाले ब्युँतिएपछि प्रदेश १ मा एक्लै बहुमतमा रहे पनि आफ्नै पार्टीका सांसदले अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता नलिएपछि संसदीय दलको बैठकले आफ्ना सांसदलाई औपचारिक रूपमा सात दिनभित्रमा हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णय गरेको प्रमुख सचेतक राजभण्डारीले बताए ।

उनका अनुसार बैठकले एमाले संसदीय दलको विधानसमेत पारित गरेको छ । त्यस्तै, बैठकले दलका नेता मुख्यमन्त्री राईको संयोजकत्वमा १५ सदस्यीय संसदीय बोर्डसमेत गठन गरेको प्रमुख सचेतक राजभण्डारीले जानकारी दिए ।

‘संसदीय दलको आजको बैठकले तीनवटा निर्णय गरेको छ । पहिलो संसदीय दलको विधान पारित गरेको छ । दोस्रो १५ सदस्यीय संसदीय बोर्ड गठन भएको छ,’ उनले भने, ‘तेस्रो भनेको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएका माननीयलाई सात दिनभित्र फिर्ता लिन निर्देशन दिने निर्णय गरेको छ ।’

बुधबार एमाले संसदीय दलले गठन गरेको संसदीय बोर्डमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका सांसदलाई पनि राखिएको छ । पार्टीभित्रको विवाद प्रदेशमा भित्रिन नदिने नेपाल पक्षका सांसदलाई पनि समेटिएको स्रोतले जनाएको छ ।

संसदीय बोर्डमा दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक, सांसदहरू जसमाया गजमेर, आशारत्न जबेगु, यसोदा अधिकारी, बिमल कार्की, काजिमान कागते, बृखबहादुर प्रधान, ज्ञानेश्वर राजवंशी, तुलसीप्रसाद न्यौपाने, अम्बिका थापा, लिलाबल्लभ अधिकारी र निलम बस्नेत रहेका छन् ।

उक्त बोर्डमा नेपाल समूहबाट यसोदा अधिकारी, लिलाबल्लभ अधिकारी र तुलसीप्रसाद न्यौपानेलाई राखिएको छ । तीनै जनाले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्तार गरेका थिए भने अहिलेसम्म फिर्ता लिएका छैनन् ।

एमालेको ५१ सांसद रहे पनि संसदीय दलको बैठकमा ३२ जना सांसदको मात्र सहभागिता रहेको थियो प्रमुख सचेतक राजभण्डारीले बताए । पार्टीमा ओली र खनाल–नेपाल पक्षको विवादका कारण अन्य सांसद उपस्थित नभएको स्रोतले जनाएको छ । यद्यपि, नेपाल पक्षका सांसदले संसदीय दलको बैठक बहिस्कार गरेको घोषणा भने गरेका छैनन् ।

एमाले संसदीय दलको बैठकमा सोही पार्टीमा प्रवेश गरेका माओवादी केन्द्रका सांसद टंक आङ्बुहाङसमेत सहभागि भएका छन् । उनलाई एमालेले महाधिवेशन आयोजक सदस्यको जिम्मेवारी दिएको छ । बैठकमा आङ्बुहाङ सहभागी भएको विषयमा प्रमुख सचेतक राजभण्डारीले एमालेमा प्रवेश गरिसकेका कारण आमन्त्रीत सदस्यको रूपमा सहभागी भएको बताए ।

‘उहाँ नेकपा एमालेमा प्रवेश गरिसक्नुभएको छ । अहिले उहाँ हाम्रो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ,’ उनले भने, ‘उहाँलाई माओवादी केन्द्रले कारबाही नगरेको र दल त्याग नगरेको अवस्थामा आमन्त्रीत सदस्यका रूपमा बैठमा सहभागी हुनुभएको हो ।’ सांसद आङ्बुहाङलाई हालसम्म माओवादी केन्द्रले कारबाही गरेको छैन ।

एमालेको विवादका कारण मुख्यमन्त्री राईविरुद्धको प्रदेशसभामा टेबुल भएको अविश्वास प्रस्ताव अन्यौलमा परेको छ भने प्रदेशसभाको हिउँदे अधिवेशन पनि सहजरूपमा अघि बढ्न सकेको छैन ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रम माथिको छलफल आइतबार र सोमबार

काठमाडौं, ३ जेठ-कार्यव्यवस्था परामर्श समितिले जेठ ४ र ५ गते सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएको छ । सिंहदरबारमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । साभमुख अग्निप्रसाद...

इन्डक्सन चुल्होमा भन्सार छुट, बिजुलीको महसुलमा सहुलियत दिने निर्णय

सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार...

कृषि विकास बैंकद्वारा महानगर र हाम्रो समाजलाई डस्विन प्रदान

विराटनगर । कृषि विकास विराटनगर शाखाले विराटनगर महानगरपालिका र हाम्रो समाजलाई डस्विन प्रदान गरेको छ ।विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर डस्विन प्रदान गरिएको कृषि...

प्रदेश १ मा मन्त्रालय फुटाउने निर्णय तत्काल फिर्ता लिन एमालेको माग

विराटनगर, १८ माघ । प्रदेश १ सरकारले मन्त्रालय फुटाउन गरेको निर्णय तत्काल फिर्ता लिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माग गरेको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालय फुटाएर...

सकियो पाँच दिने टेबल टेनिस

विराटनगर । विराटनगरमा पाँच दिने टेबुल टेनिस तालिम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) को आर्थिक तथा प्राविधिक सहयोग तथा विराटनगर टेबुल टेनिस क्लबको आयोजनामा पाँच दिने तालिम सम्पन्न भएको हो ।...

किड्स भिलेजमा खेलकुद सप्ताह सम्पन्न

विराटनगर । बिराटनगर – ५ स्थित किड्स भिलेज स्कुलमा खेलकुद सप्ताह सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नानीबाबूहरुलाई १२ वटा बिधामा विभिन्न प्रकारका खेलकुदहरू खेलाईएको थियो। ऊक्त खेलमा प्ले ग्रुपका र सो भन्दा माथिका सबै विद्यार्थीहरूले...

पार्टी विभाजन इतिहासको पुनरावृत्ति : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा विभाजन इतिहासको पुनरावृत्ति भएको बताएकी छिन् । आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कुरा कुनै नौलो नभई...

कोभिड प्रोटोकल पूरा नभए त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा भौतिक दूरी कायम भए÷नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्