सुन्दरहरैँचा नगरपालिकाद्वारा सिँचाइका लागि ५७ किसानलाई विद्युतीय मोटर वितरण

 न्यूज विराट
सुन्दरहरैँचा नगरपालिकाद्वारा सिँचाइका लागि ५७ किसानलाई विद्युतीय मोटर वितरण

विराटनगर, १० चैत । मोरङको सुन्दरहरैंचा नगरपालिकाले कृषि क्षेत्रमा सिचाई समस्या हुने ५७ जना किसानलाई यस बर्ष बिद्युतीय मोटर बितरण गरेको छ । नगरपालिकाले धान गहुँ, मकै, तोरी, ड्रागन फुड, फलफुल खेती बोयर जातका बोका, पावर ट्रेलर मकै छोडाउने मेसिन स्प्रे मेसिन लगायत अनुदानमा बितरण गर्दै आएको छ ।

आर्थिक समृद्धिसंगै आत्मर्निभर तथा ब्यबसायिक किसान बन्न नगरपालिकाले कृषि समबन्धि तालिम माटो परिक्षण लगायत कार्यक्रम गरेर किसानलाई प्रोत्साहित गर्ने काम गरेको छ ।

सुन्दरहरैंचा बिकासको बगैंचा पर्यटन र पूर्वाधार बिकास क्षेत्रमा अघि बढिरहेको छ । नगरपालिकाले किसानकाहरुलाई अनुदानमा बिद्युत मोटर २ ÷३ को, सेक्सन पाइप, टुवेल, चेक बल्ट बितरण गरेको छ । एक कार्यक्रममा बीच नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले किसानहरुलाई बिद्युत मोटर बितरण गरेका हुन् ।

विद्युतीय मोटर बितरण गदै नगरप्रमुख ढकालले आर्थिक बर्ष २०७७/०७८ को अगामी नीति तथा कार्यक्रममा किसानहरुलाई लक्षित गरी कृषि क्षेत्रमा प्रथामिकता राखेर बजेट ल्याएको बताए। नगरपालिकाले कृषिलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको र कृषिमा देखिने समस्या समाधानका लागि नगरपालिका सदैव तयार रहेको ढकालको भनाई छ ।

वितरण गरिएका मोटरबाट ३८ हेक्टर जमिनलाई सिचाई पुग्ने छ । किसानबाट आएका २१७ वटा निबेदन मध्ये यसपटक ५७ जना किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । पल्टिंगको कारण तथा कुलो पैनी र जलाशय क्षेत्र मासिएकोले अझै ५० प्रतिशत किसानमा सिचाई अभाव रहेकोले यस बर्ष १५ लाख बजेट बिधुतिय मोटरका लागि छुट्याएको नगढरपालिकाले जनाएको छ ।

सिचाईको लागि लाग्ने बोरिङ्ग जडान र बिधुत जडान खर्च कृषक आफैले बेहोर्नु पर्ने छ। नगरले कृषि क्षेत्रमा गत वर्षभन्दा २ गुणा बढी बजेट छुट्याएको छ भने यस्ता प्रोत्सानमुखी कार्यक्रमले किसान खुसी देखिएका छन् । नगरपालिकाले उद्दमी युवाका लागि समेत बिभिन्न कार्यक्रम ल्याएको छ ।

सम्बन्धित समाचार

संविधान शंसोधन गरिएकोमा खुशियाली

विराटनगर, जेठ ३१-प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

संसद विघटन गर्न प्रधानमन्त्रीको सिफारिस

काठमाडौं, ५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् ।

कोभिड अस्पताललाई युवा संघद्धारा वुथ हस्तान्तरण

विराटनगर, बैशाख २१–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट युवक संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङले नमूना संकलन वुथ हस्तान्तरण गरेको छ । कोराना भाइरसका शंकास्पद व्यक्तिको नमुना संकलन लिनका लागि...

गोप्य सहमतिका साक्षीसहित बालुवाटारमा ओली–प्रचण्ड छलफल

काठमाडौं, १९ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीको विवाद समाधानको प्रयासस्वरुप दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरु भएको...

लियो क्लबद्वारा स्वीटर वितरण

    बेलबारी । लियो क्लब अफ बेलबारीले विद्यालयका बालबालिकाहरुलाई न्यानो स्वीटरका साथै शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बेलबारी–८ स्थित सुकुना आधारभुत विद्यालयका ४१ जना विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।...

प्रहरी सहायक निरीक्षक तामाङसहित ५ जनाविरुद्व मुद्दा दायर

काठमाडौं, ११ असार-हुण्डी कारोबारीले साथमा लिइआएको रकम बाँडफाँड गरी भ्रष्टाचार गरेको आरोपमा अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ वीरगञ्जका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । प्रहरी सहायक निरीक्षक तामाङ,...

प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता हुँदै

काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्