मिल्स गोल्डकपः धरान एकेडेमी सेमिफाइनलमा

 न्यूज विराट
मिल्स गोल्डकपः धरान एकेडेमी सेमिफाइनलमा

विराटनगर, १० चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर–१६ स्थित जुट मिल्सको खेलमैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा शताक्षीधाम स्पोर्ट्स क्लब झापालाई १–० गोलले पराजित गरि धरान सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै धरान बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा साइनो स्पोर्ट्स क्लब रानी बिच हुनेछ । साइनोले क्वाटरफाइनलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ३–१ गोलले हराउँदै सेमिफाइनमा प्रवेश गरेको थियो । बुधबार फाइनल प्रवेशको लागि एलेभेन एरोज क्लब दुहबी सुनसरी र सशस्त्र प्रहरी बल पूर्वाञ्चल बिच हुनेछ । दुहबीले प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई १–० ले हराएको थियो भने सशस्त्रले उर्लाबारी फुटबल क्बल मोरङलाई ३–० ले पराजित गरि सेमिफाइनलको यात्रा सुरक्षीत गरेको थियो ।

अन्तिम चारमा पुगेको धरानले जितको लागि एक मात्र निर्णायक गोल खेल सुरू भएको ४ औं मिनेटमा तपन कार्कीले गरे । उनले गरेको गोल टिमको लागि जित सुनिश्चित बन्यो । एकपक्षीय खेल पस्केको धरानका खेलाडीले पहिलो र दोस्रो हाफमा गरेको अधिकाशं प्रहार झापाका गोलरक्षक सन्दिप लिम्बुले उत्कृष्ट बचाए । खेल २५ औं मिनेटमा धरानका इन्सन राईले डिबक्स बाहिरदेखि गरेको प्रहार झापाका गोल रक्षक सन्दिपले गोल हुनबाट बचाए ।

त्यस्तै धरानका मिलन लिम्बुको २५ औं मिनेट र विनोद राईको ३५ औं मिनेटमा गरेको प्रहार झापाका गोलकिपर सन्दिपले पन्च गरि गोल हुनबाट उत्कृष्ट जोगाए । आक्रमक रूपमा मैदान प्रवेश गरेको धरानका खेलाडीले बारम्बार पाएको प्रहार सन्दिपले उत्कृष्ट बचाउँदा थप गोल खानबाट टिमलाई जोगाए । खेलको म्यान अफ द म्याच पनि झापाका गोलरक्षक सन्दिप लिम्बु घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

खेलको अन्त्य तिर आक्रमक भएर झापाका खेलाडी मैदान उत्रिए पनि गोल गर्न नसक्दा खेल बराबरीमा ल्याउन चुक्यो । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेता नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपबिजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।

सम्बन्धित समाचार

आज ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३१ असार-बुधबार पनि देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भने...

विराटनगरमा १ साउनबाट सुर्तीजन्य पदार्थ सेवन र विक्री वितरण गर्न नपाइने

विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने भएको छ । साउन १ गतेदेखिबाट विराटनगरको सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर...

थप १३ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या २ सय १९ पुग्यो

काठमाडौं, १७ जेठ-0शनिबार थप १३ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । कोरोनाको संक्रमणलाई पराजित गर्नेमा ७ वर्षीय बालकदेखि ४२ वर्षीय पुरुषसम्म छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शनिबार...

बिहारको मधुबनीमा यात्रुबाहक रेलमा आगलागी

विराटनगर, ७ फागुन । भारतको बिहार राज्य स्थित मधुबनी जिल्लामा एक यात्रु बाहक रेलमा आगलागी भएको छ । मधुबनी रेलवे स्टेशनमा रहेको स्वतन्त्रता सेना एक्सप्रेस ट्रेनमा आगो लागको हो । रेलमा आगो लागेका कारण धुँवाको...

गुल्मीका संक्रमितको भेन्टिलेटरमा उपचार जारी, भ्रामक खबरप्रति विश्वास नगर्न अस्पतालको आग्रह

काठमाडौं, ६ जेठ-सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीका संक्रमितको अहिले क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार मदाने गाउँपालिका-६ निवासी ४१ वर्षीय संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको हो । उनको स्वास्थ्य अवस्था गम्भीर भए...

प्रदेश १ मा २ लाखको कोरोना परिक्षण

विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...

नागरिक मैत्री सेवा दिनेछु : मोरङ एसपी चिमरिया

विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका एसपी नारायण प्रसाद चिमरियाले नागरिक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।मोरङ प्रहरी प्रमुखको कार्यबाहक समालेको दुई दिनपछि बुधबार संचारकर्मीहरुसँग परिचत्यमक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...

मालदिभ्समा कोभिड– १९ का सङ्क्रमित बढ्दै

एजेन्सी, ८ भदौ-दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड– १९ का सङ्क्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा त्यहाँ सङ्क्रमितहरूको संख्या ६ हजार नाघेको छ । दक्षिण एसियाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्