एक वर्षमा क्षयरोगबाट प्रदेश १ मा ११३ जनाको मृत्यु

 न्यूज विराट
एक वर्षमा क्षयरोगबाट प्रदेश १ मा ११३ जनाको मृत्यु

विराटनगर, १० चैत । एक वर्षको अवधिमा प्रदेश १ मा क्षयरोगबाट एक सय १३ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा मंगलबार ग्लोबल फन्ड, नेपाल सरकारको सहयोग र सेभ द चिल्ड्रेनको आयोजनामा विराटनगरमा आयोजित अन्तक्रियामा गएको एक वर्षमा क्षयरोगका कारण उक्त संख्यामा मानिसहरुले ज्यान गुमाएको जनाइएको छ ।

प्रदेश १ मा आर्थिक वर्ष २०७६÷७७ मा तीन हजार सात सय ४५ बिरामी भेटिएको छन् । जसमा इलाम, झापा, मोरङ्ग ,सुनसरी र उदयपुरमा सबैभन्दा बढी ८९ प्रतिशत बिरामी रहेको प्रदेश १ का क्षयरोग कार्यक्रमका संयोजक शैलेश भुजेलले जानकारी दिए । उनका अनुसार क्षयरोग लागेर नियमित औषधि सेवन गरेका ९० प्रतिशत रोगी निको भएका छन् ।

नेपाल क्षयरोग प्रिभ्यालेन्स सर्भे २०७६ का अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार क्षयरोगका नयाँ बिरामी भेटिने गरेका छन् । नेपालमा प्रति १ लाख जनसंख्यामा २ सय ४५ का दरले क्षयरोगका नयाँ बिरामी देखिने गरेको अन्तरकृयामा बताइएको छ ।

अन्तरक्रियामा क्षयरोग नङ र कपाल बाहेक शरीरको जुनसुकै अङ्गमा हावाका माध्यमबाट सर्न सक्ने रोग भएकोले रोग लागिसकेको खण्डमा नछुटाई ६ महिना देखि १० महिना सम्म औषधि सेवन गरेको अवस्थामा यो रोग पूर्णरुपमा निको हुने भुजेलले जानकारी दिए । सरकारले सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निवारण गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित, अर्काे बैठक साउन ६ मा

काठमाडौं, ४ साउन-आज दिउँसाे ३ बजे बस्ने तय भएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गर्दै उक्त...

बडादशैंको आठौं दिन महाअष्टमी, देशभरका शक्तिपिठहरुमा बलि दिइँदै

काठमाडौं,  ८ कात्तिक-हिन्दू नेपालीहरुको सबैभन्दा ठूलो पर्व बडा दसैंको आठौं दिन आज शक्ति स्वरुपा भवानी माता महागौरीको पूजाआजा गरिँदै छ । माता महागौरीलाई शुद्धिको प्रतीकमा रुपमा मान्ने गरिन्छ । माता महागौरी सेतो साढेमा आरुढ भएकी...

कोशी सरकारलाई दिएको समर्थन कायमै राखेर प्रतिपक्षमा बस्ने एमालेको निर्णय

विराटनगर । कोशी प्रदेशमा विद्रोहीलाई साथ दिएको नेकपा एमाले एक महिना नबित्दै पुनः विपक्षमा पुगेको छ। एमालेले केदार कार्की नेतृत्वको सरकार छाडिसकेको छ।एमाले सोमबारदेखि प्रदेश सभामा विपक्षी लहरमा बस्ने भएको छ। विपक्षमा बसे पनि कार्की...

भरुवा बन्दुक पड्किँदा ८ वर्षीय बालकको ज्यान गयो

सिन्धुपाल्चोक, १२ जेठ-सिन्धुपाल्चोकमा  भरुवा बन्दुक पड्किँदा ८ वर्षीय बालकको ज्यान गएको छ ।जिल्लाको जुगल गाउँपालिका-२ किप्चेका ८ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएकोहो । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका...

खड्का परिवारद्वारा विराटनगरको मानव सेवा आश्रमलाई चार करोडको जग्गा प्रदान

विराटनगर, १४ फागुन । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले रु चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेको छ ।...

न्यूरो हस्पिटललको स्वास्थ्य अभियान कार्यक्रम सुरु

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको छ । मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको हो । न्युरो अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले आफु...

ब्राउन सुगर सहित दुई जना पक्राउ

विराटनगर, १२ असोज । झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका...

विराटनगरका दिलिप सुवेदी ५१ दिनदेखि वेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन परिवारको माग

विराटनगर । विराटनगर–४ राजबंशी चौक घर भई झापाको सुरुङ्गास्थित नेपाल टेलिकममा कार्यरत दिलिप सुवेदी गत भदौ ३० गते शनिबारदेखि बेपत्ता छन् । टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख रहेका छैंटौं तहका लेखा अधिकृत ३१ वर्षीय सुवेदी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्