मिल्स गोल्डकपः एलेभने एरोज दुहबी सेमिफाइनलमा

 न्यूज विराट
मिल्स गोल्डकपः एलेभने एरोज दुहबी सेमिफाइनलमा

विराटनगर, ९ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा एलेभेन एरोज क्बल दुहबी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा सोमबार भएको खेलमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरलाई १–० गोलले पराजित गरि एलेभेन एरोज क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

रामान्चित प्रतिस्पर्धात्मक खेलको सुरूवातमा एलेभेन एरोज क्बल दुहबीका उमेश कार्कीले खेल सुरू भएको २५ औं मिनेटमा गरेको गोल टिमको जितको लागि निर्णायक बन्यो । प्रलात चौधरीले निकालेको पास उमेशले डिबक्स बाहिरदेखि गरेको प्रहार सजिलै गोलमा परिणत भयो ।

प्रहरीका खेलाडीहरूले पहिलो हाफमा गरेको अधिकाशं प्रहार एलेभेन एरोज क्बल दुहबीका गोलरक्षक सुजित तामाङले बचाए । खेलको २० औं मिनेटमा प्रहरीका गोलरक्षक अर्जुन बस्नेत अगाडी बढदा एलेभेन एरोज क्बलका खेलाडीले छ यार्ड बक्सबाट प्रहार गरेको फ्रिकिकमा प्रहरीका किरण कुमार चौधरीले हेड गरि गोल हुनबाट उत्कृष्ट बचाए ।

दोस्रो हाफमा प्रहरी टोली आक्रामक देखियो । तर, प्रहरीले गोल गर्ने सुन्दर अवसर खेर फाल्दा पराजित भयो । खेलको ५० औं मिनेटमा प्रहरीका सुजन बस्नेत र ६० औं मिनेटमा रमेश राजवंशीको उत्कृष्ट प्रहार दुहबीका गोलरक्षक सुजित चौधरीले बचाउ गरेका थिए ।

सुजितले प्रहरीका आधा दर्जनभन्दा बढी प्रहार उत्कृष्ट रूपमा बचाउ गरेका थिए । खेलको अन्त्य तिर आक्रमक भएर प्रहरी मैदान उत्रिए पनि गोल गर्न नसक्दा खेल बराबरीमा ल्याउन चुक्यो ।

खेलको म्यान अफ द म्याच एलेभेन एरोज क्बल दुहबी सुनसरीका निर्णायक गोल गर्ने उमेश कार्की घोषित भए । उनले नगद पाँच हजार रूपैयाँ प्राप्त गरे । जितसँगै एलेभेन एरोज क्बल दुहबीले चैत ११ गते सशस्त्र प्रहरी बल पूर्वाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको मंगलबारको खेल धरान सिटी फुटबल एकेडेमी सुनसरी र शताक्षीधाम स्पोर्ट्स क्लब झापा बिच प्रतिस्पर्धा हुनेछ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेता नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपबिजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्दछन् ।

सम्बन्धित समाचार

केन्द्रीय सदस्य त्यागेर नेकपा एसका सरोज यादव एमालेमै फर्किए

काठमाडौँ, २३ माघ । नेकपा एकीकृत सामाजवादीका केन्द्रीय सदस्य सरोजकुमार यादव नेकपा एमालेमै फर्किनु भएको छ । माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा जानु भएका उहाँ केन्द्रीय सदस्य त्यागेर एमालेमै फर्किनु भएको हो । नेकपा एमालेका नेता...

विराटनगरको मेरील्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल सावित भएको विराटनगरस्थित मेरिल्याण्ड कलेजलाई फोकस नेपालले शिक्षा सेवा सम्मान पुरस्कार प्रदान गरेको छ । कलेजले शिक्षा क्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमान्डौमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान...

५५ दिनपछि यसरी जुर्यो केपी–माधवको भेटबार्ता

काठमाडौं, असार २३ । सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको छ । ओली र नेपालबीच आज साँझ नक्सालस्थित मेरियट होटलमा प्रत्यक्ष भेटबार्ता भएको हो...

मतदाताको घर–घर पुगेर आशिर्वाद लिँदै रंगेली–७ का स्वतन्त्र उम्मेदवार श्रेष्ठ, भन्छन्–वडालाई नमुना वडाको रुपमा विकास गर्छु

रंगेली, २६ वैशाख । सञ्जिव श्रेष्ठ रंगेली–७ का लागि निकै परिचित नाम हो । निरन्तर विभिन्न सामाजिक काममा सकृय रहँदै आएका श्रेष्ठको छवि समाजमा उच्च छ । निरन्तर समाजका लािग केही न केही गरिरहने श्रेष्ठप्रती...

प्रदेश १ मा ९३७ संक्रमणमुक्त, ३३९ संक्रमित थपिए

विराटनगर, १३ असार । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश...

लकडाउनमा घर फर्किएकाहरु माछा मार्न व्यस्त

खोटाङ, ६ वैशाख-लकडाउन लागू हुनुअघि तथा लागू भएपछि घर फर्किएका जिल्लाका अधिकांश युवा खोलामा गएर माछा मार्न तथा डाँडा घुम्नमा व्यस्त देखिएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा आह्वान गरिएको लकडाउनको...

लकडाउनका बेला लागुऔषधको कारोबार, २ जना पक्राउ

विराटनगर, २९ चैत-लकडाउनको मौका छोपी लागुऔषधको कारोबार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई–२ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय–२ का २८ वर्षीय सन्दीप राई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो...

इजरायलस्थित मिसाइल खस्ने बंकरबाट ५ विद्यार्थीहरूको गुहार : ‘१० जना साथीहरूलाई लग्यो, हामीलाई पनि नलगोस्’

विराटनगर । प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण हिंसाग्रस्त इजरायलबाट पाँच नेपाली विद्यार्थीले आफूहरूलाई बचाउन सरकारसँग गुहार मागेका छन्। विपिन सुवेदीले असुरक्षित बंकरबाट भिडिओ सन्देश जारी गर्दै बताएअनुसार उनीहरू पाँच जना सुदूरपश्चिम विश्वविद्यलायअन्तर्गत कृषि विज्ञान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्