‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

 न्यूज विराट
‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले बिनाहिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।

मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड- १९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले भने, ‘खोप लगाउँदा अलि असहज हुन्छ कि भनी सोचेको थिएँ । विल्कुल असहज भएन । खोप लगाउने बेला हुँदै छ होला भन्दै थिएँ, खोप दिइसकिएको छ ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सबै नेपाली नागरिकलाई बिनाहिचकिचाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वस्थ रहन अपिल गरेका छन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुविरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताउँदै उनले औषधि प्रभावकारी सावित भएसँगै मानिसको प्रकृतिमाथि विजयको नयाँ सिँढीमा मान्छे कुद्न सफल भएको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘अरुलाई लगाएको देख्दा अलि दुख्छजस्तो लागेको थियो, आफैँले लगाउँदा खोप लगाएको थाहा नै पाइनँ । कति बेला खोप्नुहुन्छ होला भनेको त भइसक्यो पो भन्नुभो । बडो सरल रहेछ । कसैले कुनै पनि खाले तनाव लिनुपर्ने अवस्था छैन । सहज ढङ्गबाट हुन्छ ।’

सञ्चारकर्मीको राजनीतिक संक्रमणबारे सोधेको प्रश्नमा उनले सर्वोच्च अदालतको फैसलाले संविधान, प्रणाली, लोकतन्त्रलाई ठीक ढङ्गबाट अघि बढ्न बाटो खोलिदिएको बताए । उनले भने, ‘अब राजनीति पनि ट्रयाकमा जान्छ भन्ने कुराको पहिलो सुनिश्चितता अदालतको फैसलाले गर्‍यो, न्याय, लोकतन्त्र र संविधानको जित भएको छ,  यो महत्त्वपूर्ण हो । बाँकी २३ गतेदेखि बस्ने प्रतिनिधिसभाको अधिवेशनबाट प्रस्ट हुन्छ ।’

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अन्तर्राष्ट्रिय समुदायबाट गहिरो अध्ययन र अनुसन्धानबाट  प्रभावकारी सावित भएको कोभिड–१९ विरुद्धको खोप ढुक्क भएर विश्वासका साथ लगाउन सर्वसाधारणलाई सुझाव दिए । उनले भने, ‘यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुनै खासै अनुभव भएन । घोचिएको पनि अनुभव हुँदो रहेनछ । आत्तिन पर्ने अवस्था छैन । खोप लगाउनुपर्‍यो, स्वस्थ हुन पर्‍यो ।’पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक सङ्क्रमण फैलिने सम्भावनाको खतरालाई सर्वोच्च अदालतबाट पहिलो खोपजस्तै गरी आएको फैसलाले ठीक बाटोमा अघि बढ्न एउटा बाटो देखाएको प्रतिक्रिया दिए । उनले भने, ‘फैसलाबाट खतरामा परेको लोकतन्त्र, संविधानलाई जोगाएको छ, अब बाँकी राजनीतिक क्षेत्रमा अहिले देखिइरहेको सङ्क्रमणको समाधान संसदमार्फत राजनीतिक दलले गर्छन् ।’ रासस

सम्बन्धित समाचार

बहराइनमा २४५ नेपालीमा कोरोना संक्रमण

काठमाडौं, २४ वैशाख-नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो १ साताको अवधिमा ८८ नेपालीमा कोरोना संक्रमणण पुष्टि भएको छ । यही १९...

बोल्न नसक्ने व्यक्तिको हत्या गर्ने ‘अघोरी’ पक्राउ

काठमाडौं, माघ २९ । बोल्न नसक्ने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा आफूलाई अघोरी बताउने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी...

सांसद यादव अपहरण प्रकरणको अनुसन्धान सकियो

काठमाडौं, जेठ ४-प्रहरीले सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान पूरा गरेको छ । पूर्वआईजीपी सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किसान’ संलग्न अपहरण मुद्दाको अनुसन्धान पूरा भएको काठमाडौं प्रहरीले जानकारी गराएको हाे...

छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न गृहमन्त्री दार्चुला प्रस्थान

काठमाडौं,  ९ असोज-गृहमन्त्री रामबहादुर थापा  ‘बादल’ दार्चुला प्रस्थान गरेका छन् । सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न उनी शुक्रबार दार्चुलाको छाङ्गरु प्रस्थान गरेका हुन् ।  दार्चुलाको छाङ्गरुमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको गुल्मको भवन...

काठमाडौंबाट ११० जना रुसी नागरिक लिएर मस्को उड्यो रोयल फ्लाइट

काठमाडौं, बैशाख ८–काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रुसको रोयल फ्लाइट एयरलाइन्स मस्को उडेको छ । रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । सोमबार बिहान साढे १० बजे काठमाडौं अवतरण गरेको...

प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए

विराटनगर, २० साउन–प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज...

कोरोनाभाइरसको मनोवैज्ञानिक असर समाधान गर्न परामर्श कार्यक्रम

पोखरा, जेठ २५-गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न मनोवैज्ञानिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले कोरोना संक्रमणको रोकथाम र...

स्वास्थ्य माफिया अन्त्यका लागि उर्लाबारीमा ट्रमा सेन्टरः अध्यक्ष पोखरेल

विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले पूर्वी नेपालमा रहेका स्वास्थ्य माफियाहरुको अन्त्यका लागि पनि मंगलबारेमा ट्रमा सेन्टर निर्माणका लागि नेकपा नेतृत्वको प्रदेश सरकार लागिपरेको बताएका छन् । नेकपा उर्लाबारी नगरकमिटीले मंगलबार आयोजना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्