गृहजिल्ला झापाबाट ओलीको उद्‍घोष- प्रधानमन्त्रीबाट हटाए दुई तिहाइ बहुमतसहित फेरि सिंहदरबार फर्किन्छु

 न्यूज विराट
गृहजिल्ला झापाबाट ओलीको उद्‍घोष- प्रधानमन्त्रीबाट हटाए दुई तिहाइ बहुमतसहित फेरि सिंहदरबार फर्किन्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुई तिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गरेका छन् ।

‘मलाई हटाउन सजिलो छैन । यदि कसैले हटाउन सक्छ भने हटाओस् खुसीसाथ हट्छु । तर, आउँदो चुनावमा दुई तिहाइका साथ फेरि सिंहदरबार फर्कन्छु,’ प्रधानमन्त्री ओलीले भने ।

मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले प्रधानमन्त्रीबाट कसैले हटाइहाले पनि अर्को चुनावमा दुई तिहाइ मत ल्याउने दाबी गरेका हुन् ।  तर, आफूलाई हटाउन सजिलो भने नभएको उनले बताए ।

आफूले कुनै  पदका लागि मुद्दा नलडेको भन्दै प्रचण्ड-माधव समूहलाई व्यंग्य पनि गरे । आफू राजनीति गर्ने व्यक्ति भएकाले न्याय माग्न जनतामाझ जाने र जनताले न्याय दिने उनले बताए ।

‘म राजनीति गर्ने मान्छे हो । म माग्न जाँदा, दरखास्त हाल्न जाँदा, निवेदन हाल्न जाँदा तपाईं (जनता) सामु आउँछु,’ उनले भने, ‘ममाथि अन्याय भयो भने तपाईंहरूले न्याय दिनुहुन्छ । मैले भनिरहेको छु कि मलाई कसैले हटाउन सक्छ भने हटाओस् । तर सजिलो छैन । ’

उनले प्रतिनिधिसभा विघटनलाई खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको २३ फागुनपछि प्रतिनिधिसभाको बैठकमा परीक्षण हुने बताए । ‘अब प्रतिनिधिसभा कसरी अगाडि जान्छ ? देशको राजनीति कसरी अगाडि जान्छ ? अदालतको फैसलाको मूल्यांकन परिणामले गर्नेछ । मेरो काम त प्रधानमन्त्रीको हिसाबमा अदालतको फैसला मानेर त्यसलाई कार्यान्वयन गर्ने हो,’ उनले भने ।

अर्काका लागि कम्फटेबल  सरकार नभई नेपाल र नेपाली जनताका लागि कम्फटेबल  सरकार चाहिएको भन्दै उनले आफूले देश र जनताको पक्षमा काम गरेको र गरिरहने प्रतिवद्धता जनाए । प्रधानमन्त्री ओलीले आफू देश बिगार्ने तगारा पन्छाएर अघि बढ्ने र त्यो क्षमता नेपाली जनताले राख्नुपर्ने बताए ।

सम्बन्धित समाचार

प्रदेश–१ का उपनेता आङबोहाङद्वारा प्रचण्ड–नेपाल समुह छाडेको घोषणा

काठमाडौं, फागुन २२-प्रदेश–१ नेकपामा प्रचण्ड–माधव नेपाल समुहलाई शनिवार ठुलो झट्का लागेको छ । नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले नेकपा (दाहाल–नेपाल समूह)मा आफू नरहेको घोषणा गरेका छन् । दाहाल–नेपाल समूहको केन्द्रीय सदस्यसमेत रहेका उनि सो...

वर्ल्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान

विराटनगर । वर्ल्ड रोटरी डेको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोटरी क्लब अफ विराटनगर फ्युजनले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएका रोटरी क्लब अफ विराटनगर डाउनटाउन र...

सभामुख सापकोटाकाे निवासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, १७ साउन-प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत १ जना कर्मचारीलाई  कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुख सोपकोटासहित निवासमा कार्यरत...

अन्तर स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र अरनिको स्कुल फाइनलमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी भई फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्वती स्कुलले ६ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको...

बुटवलमा ९ जनाले जिते कोरोना

बुटवल, २५ जेठ-बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका ९ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो...

घरको पर्खालले किचेर एक जनाको मृत्यु

विराटनगर, २२ साउन । झापाको झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर...

कटहरी १ नम्बर वडा कार्यालय आफ्नै भवनमा, छिटो र क्षरितो सेवा सुरु गर्न जोड

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेको छ । ७२ लाख २० हजार ३८६ रुपैयाँ लागतमा निमार्ण भएको भवन आइतबारबाट आफ्नै नवनिर्मित भवनबाट सेवा सुरू गरेको हो । नवनिर्मित...

कोरोनाले छेक्यो सिरुवा पर्वको रौनक

विराटनगर, १ वैशाख-नयाँ वर्षको आगमनसँगै तराईका विभिन्न जिल्लामा सिरुवा पर्वको अवसरमा लाग्ने मेला यस वर्ष कोरोना भाइरसको जोखिमका कारण नलाग्ने भएको छ । सिरुवा पर्वमा जुड शीत्तल मनाउने र आफ्ना खेतबारीमा रहेका बोट बिरुवामा पानी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्