कोशी सांस्कृतिक प्रतिष्ठानले गर्यो विराटनगरमा बृहत सांस्कृतिक कार्यक्रम

 न्यूज विराट
कोशी सांस्कृतिक प्रतिष्ठानले गर्यो विराटनगरमा बृहत सांस्कृतिक कार्यक्रम

विराटनगर, १५ फागुन । कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले विराटनगर बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानले सहिद सप्ताहको सन्दर्भ पारेर कार्यक्रम गरेको हो ।

सो अवसरमा विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गीतसंगीत, नाटक प्रहसन, नृत्य र कविता वाचनसमेत आयोजना गरिएको थियो ।

गणतान्त्रिक आन्दोलनको क्रममा शहादत दिएका सहिदहरुको सम्झनामा फागुन १४ गतेदेखि २१ सम्म आयोजना गरिने साताब्यापी कार्यक्रमअन्तर्गत बृहत सांस्कृतिक कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष गणेश उप्रेती सुशीलले जानकारी दिए ।

कार्यक्रममा कवि सीमा आभास, मीनकुमार नवोदित, भरत गुरागाईं र कवि शशिकिरणलगायतले समसामयिक विषयमा लेखिएका आफ्ना कविताहरु वाचन गरे । कार्यक्रममा साहित्य, संगीत, कला, राजनीति, सामाजिकलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

तातोपानी नाकाबाट दैनिक स्वास्थ्य सामग्री ल्याइँदै

काठमाडौं, १३ वैशाख-गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् ।तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी...

जनप्रतिनिधिले काम विनै खाएको तलब फिर्ता गर्न माग

  पथरी, ३ चैत । विना काम तलब लिने जनप्रतिनिधिलाई रकम फिर्ता गर्न नयाँ शक्ति पार्टीले माग गरेको छ । आइतबार नयाँ शक्ति पार्टी नगर समितिले पथरीशनिश्चरे नगर प्रमुखलाई ज्ञापन पत्र मार्फत् विना काम तलब...

विपद प्रतिकार्य योजनाका विषयमा छलफल

विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकायसहित सरोकारवालासित छलफल आयोजना गरेको छ ।महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना...

अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो कर नतिरेको आरोप

एजेन्सी, १२ असोज-अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । अमेरिकाको द न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकरका रुपमा जम्मा ७ सय ५० डलर मात्रै तिरेको समाचार प्रकाशित गरेपछि ट्रम्पमाथि...

विराटनगरमा ३३ सय बढी मतान्तरसहित अघि बढ्दै नागेश, उपमेयरमा कार्कीको फराकिलो अग्रता कायमै

विराटनगर, ४ वैशाख । विराटनगर महानरपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले लगातार मतान्तर बढाउँदै लगेका छन् । सुरुदेखिनै अग्रता बनाएका उनले ४४ हजार ५ सय ६८ मत गनिसक्दा पनि फराकिलो मत अन्तरसहित अग्रता...

विराटनगरबाट २१ किलो गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट २१ किलो गाँजा बरामद गरेको छ । प्रहरीले विराटनगर ६ केशलीया रोडबाट बुधबार गाँजा बरामद गरेको हो । बिराटनगर महानगरपालिका वडा नं. ६ केशलीया नहरमा चेकिङमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ...

उपेन्द्र यादव तानाशाही भएकाले पार्टी फुट्यो : उपमहासचिव यादव

विराटनगर । जनता समाजवादी पार्टीका उपमहासचिव तथा खानेपानी मन्त्री प्रदीप यादवले उपेन्द्र यादवले पार्टीलाई आफ्नो कम्पनी जस्तो चलाएरतानाशाही साशन लागू गर्न खोजेपछि जसपा पार्टी फुटेको बताएका छन् । जनता समाजावादी पार्टी जिल्ला कार्यालय मोरङको विराटनगरस्थित...

मिल्दो जुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ती

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा. ली. (न्युरो हस्पिटल) ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेको प्रति आपत्ती जनाएको छ । अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गरी आपत्ती जनाएको हो । न्यूरो अस्पतालसँग मिल्दो जुल्दो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्