मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार दुईमध्ये एक जना थुनुवा पक्राउ

 न्यूज विराट
मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार दुईमध्ये एक जना थुनुवा पक्राउ

विराटनगर, १२ फागुन । मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार भएका दुई जनामध्ये एक जना थुनुवा पक्राउ परेका छन् । मोरङ अदालतमा पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहाना बनाएर प्रहरीलाई झुक्याएर अदालत परिसरदेखि फरार भएका एक जना थुनुवा पक्राउ गरेका हुन् ।

लागूऔषध मुद्दामा सोमबार मोरङ अदालतमा म्याद थप भएपछि खाजा खाने बहाना बनाएर प्रहरीलाई झुक्याएर मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको विर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका थिए।

फरार भएकामध्ये शेख पक्राउ परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले जानकारी दिए । पक्राउ परेका शेखलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर अनुसन्धान सुरु गरेको एसपी खड्काले बताए ।

फरार भएका अर्का थुनुवाको पनि खोजी कार्य भइरहेकोले चाँडै पक्राउ पर्ने उहाँको भनाइ छ । मोरङ प्रहरी र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका विशेष प्रहरी टोली परिचालन भएर शेखलाई भारतको अररियादेखि पक्राउ गरेको हो ।

उनलाई मोरङको जहदा गाउँपालिको डुमरिया नाकादेखि करिब दुई किलोमिटर दक्षिण भारतमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेर ल्याएको हो ।

अदालतदेखि भागेपछि शेख गाउँको छिमेकी दिदी भारतको अररीयास्थित शिला रामको घरमा लुकेर बसेको अवस्थमा प्रहरीले उनलाई पक्राउ गरेको हो । भारतीय प्रहरीसँग समन्वय गरेपछि शेखलाई नेपाल ल्याइएको छ । शेखलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार पक्राउ गरेर कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो ।

सम्बन्धित समाचार

आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रचण्डको धोति फेरि खुस्कियोः महेश बस्नेत

काठमाडौँ, माघ २३ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो स्वार्थका लागि रास्ट्रघात र अपराध जे पनि गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको धोति फेरि एक पटक खुस्किएको बताउनुभयो ।...

एकैपटक ६० सहसचिवको सरुवा, १६ जिल्लामा नयाँ सीडीओ

काठमाडौं, माघ २०–सरकारले एकैपटक ६० जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ भने १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरिएका छन् । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा...

बीमा रकम हिनामिना : नेपाल लाइफ इन्सुरेन्सका शाखा प्रमुख पक्राउ

विराटनगर । बीमा रकम हिनामिना गरी ठगी गरेको आरोपमा प्रहरीले नेपाल लाइफ इन्सुरेन्स कम्पनीका विराटनगर शाखा प्रमुख सन्तोष अधिकारीलाई पक्राउ गरेको छ।मोरङको केरावारी गाउँपालिका(९ निवासी ३७ वर्षीय नईन्द्र विश्वकर्मा वैदेशिक रोजगारीका लागि सन् २०८० मा...

प्रचण्डसँग भेटेपछि माधवले निवासतिर बोलाए आफ्ना कार्यदल सदस्य

काठमाडौं, असार २६ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलमा रहेका आफ्ना पाँच नेतालाई निवासमा बोलाउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले निवासमै आएर अध्यष केपी ओलीसँग नमिल्न भन्दै धम्की दिएपछि नेता...

रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो

काठमाडौं, २३ साउन-स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्ली बजार कारागारका जेलर गणेश आचार्यका अनुसार उनको खुट्टा सुनिएपछि वीर अस्पताल पर्‍याइएको हो । उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन...

धरान भेट्रान्सले मिल्स भेट्रान्स गोल्डकपको उपाधि हात पार्‍यो

विराटनगर, जेठ ४ – विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान्स क्लबले हात पारेको छ। शनिबार विराटनगर जुटमिल खेल मैदानमा आयोजित फाइनल खेलमा धरानले आयोजक मिल्स भेट्रान्स क्लबलाई ३–०...

‘भैँसेपाटी गठबन्धन’ ब्युुँताउन प्रचण्ड सक्रिय

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी यतिबेला आन्तरिक किचलोबाट गुज्रिरहेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा महत्त्वपूर्ण अध्यादेश ल्याउनुअघि पार्टीमा छलफल नै नगरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही शीर्ष नेता...

राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परीक्षण

काठमाडौं, २६ साउन-विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरूको कोरोना परीक्षण गरिएको छ । सोमबार बन्द प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्