भागरथी हत्याका आरोपित नाबालक भएको पुष्टि

 न्यूज विराट
भागरथी हत्याका आरोपित नाबालक भएको पुष्टि

बैतडी दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोर नाबालक नै रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैवडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायण अधिकारीले अभियुक्तको उमेर १६ वर्ष रहेको बताए ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षबाट जारी विज्ञप्तिमा पनि आरोपितको उमेर १६ नै लेखिएको छ । हिजो प्रहरीले पत्रकार सम्मेलन गर्दा भने अभियुक्तको उमेर १८ वर्ष भनिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले उनको उमेर १८ वर्ष भएको दाबी गरेका थिए । १८ वर्ष मुनिकालाई नाबालिग मानिन्छ ।

कानुनअनुसार अपराधमा संलग्न नाबालिगको पहिचान खोल्न मनाही गरिएको छ । बालबालिकासम्बन्धी ऐनले १८ वर्ष मुनिकाको परिचय खोल्न नहुने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार

विराटनगरबाट वैदेशिक रोजगारीमा जाने ११ प्रतिशतसित मात्रै सीप

विराटनगर । विराटनगर महानगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत महानगरपालिकाका विषयगत शाखाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा सामीले गरेको अन्तरक्रियामा सामी हेल्भेटास नेपालका डीएन चौधरीले नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्थासहित...

उदयपुरकी थप एक महिलामा काेराेना पाेजेटिभ, देशभर संक्रमितकाे संख्या ११० पुग्याे

काठमाडाैं, २७ वैशाख-उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । विराटनगरस्थित काेसी अस्पतालकाे प्रयोगशालामा गरिएको परीक्षणमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो। यसअघि शनिबार बिहान भुल्केकै तीन महिलामा संक्रमण पुष्टि...

डाक्टर बिमलेश यादवको सेवा अब मकालु एभरेष्ट हस्पिटलमा

विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मकालु एभरेष्ट हस्पिटलमा फिजिसियन डाक्टर बिमलेश यादवले स्वास्थ्य उपचार सेवा सुचारु गरेका छन् । अस्पताल प्रशासनले आइतबार डाक्टर बिमलेशलाई स्वागत गरेपछि स्वास्थ्य उपचार सेवा सुचारु गरेका हुन् । भारतको...

अत्याधुनिक भवनबाट न्यूरो हस्पिटलको सुपरस्पेशियालिटी सेवा, १.५ टेस्लाको एमआरआई सुचारु

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विरामीलाई सुपरस्पेशियालिटी सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न ६ तलाको भवनबाट सेवा सुरू गरेको छ । अत्याधुनिक उपकरणहरू जडान गरेर न्यूरोले नयाँ बनेको भवनबाट विरामीलाई सुपरस्पेशियालिटी सेवा सुरु गरेको...

खेलाडी छनौटमा वञ्चित गरेको भन्दै कार्यालय प्रमुख राजन पोखरेलमाथि कुटपिट, निर्णाय नसच्याए तालाबन्धी गर्ने चेतावनी

विराटनगर । १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाबाट प्रदेशका लागि खेलाडी छनौट गर्दा मोरङ जिल्ला खेलकुद विकास समितिले करातेका छ जना खेलाडीलाई वञ्चित गरेको भन्दै कार्यालय प्रमुखलाई कुटपिट गरेका छन् । कार्यालय प्रमुख राजन...

सिरहाका ७ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

सिरहा, १९ भदौ-आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका ७  स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्योल बढेको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी १० असाभित्रै बजेट ल्याइसक्न...

रूकुम घटनाका पीडितलाई कर्णाली प्रदेशले राहत दिने थप

सुर्खेत, १३ जेठ-कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनलाई सम्बोधन गर्दे रुकुम जिल्लामा घटेको घटना दुःखद भएको बताएका छन् । एक्काइसौँ शताब्दीमा पनि जातका नाममा भएको यो घटनाले प्रदेश सरकारलाई स्तब्ध भएको बताए ।...

अमेरिकामा ३ लाख संक्रमित कोरोना जितेर घर फर्किए

एजेन्सी, जेठ १-कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा निको हुनेको संख्या ३ लाख १० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १४ हजार बढी व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । अहिले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्