खेलाडी छनौटमा वञ्चित गरेको भन्दै कार्यालय प्रमुख राजन पोखरेलमाथि कुटपिट, निर्णाय नसच्याए तालाबन्धी गर्ने चेतावनी

 न्यूज विराट
खेलाडी छनौटमा वञ्चित गरेको भन्दै कार्यालय प्रमुख राजन पोखरेलमाथि कुटपिट, निर्णाय नसच्याए तालाबन्धी गर्ने चेतावनी


विराटनगर । १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाबाट प्रदेशका लागि खेलाडी छनौट गर्दा मोरङ जिल्ला खेलकुद विकास समितिले करातेका छ जना खेलाडीलाई वञ्चित गरेको भन्दै कार्यालय प्रमुखलाई कुटपिट गरेका छन् । कार्यालय प्रमुख राजन पोखरेललाई बिहीबार दिउँसो कार्यकक्षमा पुगेर करातेका खेलाडी र प्रशिक्षकले दुव्र्यवहार गर्दै कुटपिट गरेका हुन् ।
जिल्ला खेलकुद विकास समिति मोरङले छ वटा खेलहरूमध्ये कराते प्रतियोगितामा खेलाडीहरूलाई वञ्चित गरेर खेलाडी छनौट गरेपछी कार्यालय प्रमुख पोखरेललाई हातपात गर्दै दुव्र्यवहार गरिएको छ ।
जेठ २० र २१ गते भएको खेलाडी छनौटमा जिल्ला खेलकुद विकास समिति मोरङले छ वटा विधामा ९८ जना खेलाडी छनौट गरेको थियो । जसमध्ये मार्शल आर्ट, तेक्वान्दो, कराते, उखु, एथलेटिक्स, कबड्डी र भलिबलमा जम्मा खेलाडी ९८ जना र प्रशिक्षक तथा अफिसियल १० जना गरेर एक सय आठ जना छनौट गरेको जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष पोखरेलले जानकारी दिए । ‘हामीले पालिका स्तरमा प्रतियोगिता खेलाउने हो । त्यसबाट छनौट भएका खेलाडीहरूलाई प्रदेशमा सिफारिस गरेर पठाउने हो,’ कार्यालय प्रमुख पोखरेलले भने, ‘ ‘आइतबारसम्ममा छनौट भएका खेलाडीहरूलाई प्रदेशमा पठाउनेछौं । हामीले विधिसंगत रूपमा खेलाडी छनौट गरिएको छ ।’
यसरी खेलाडी छनौट गर्दा आफूमाथि दुव्र्यवहार भएको उनले बताए । दुव्र्यवहार गर्ने चन्द्र पराजुली, रामबहादुर लिम्बु र धर्म न्यौपानेविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको उनले बताए ।
‘कार्यालयमा बसेको ठाउँमा ममाथि दुव्र्यवहार भएको छ,’ उनले भने, ‘ दुव्र्यवहार गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको छु ।’

निर्णाय नसच्याए तालाबन्धीको चेतावनी
मोरङ जिल्ला कराते महासंघका अध्यक्ष राम लिम्बुले करातेका खेलाडीहरूलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वञ्चित गराएपछी कार्यालयमा तालाबन्धी गर्ने बताए । ‘शुक्रबारसम्म निर्णाय सच्याउने हामीले मौका दिएका छौं । खेलाडी वञ्चित गर्ने उद्देश्यले गराएको प्रतियोगिताको निर्णाय नसच्याए हामी मोरङ जिल्ला खेलकुद विकास समितिको कार्यालयमा तालाबन्धी गर्नेछौं,’ अध्यक्ष लिम्बुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनानुसार आगामी जेठ २८ देखि ३० सम्म सञ्चालन हुन लागेको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट खेलहरूमा व्यवस्थित जिम्मेवारी तोकिए पनि मोरङ जिल्ला खेलकुद विकास समितिले अनपेक्षित रूपमा स्थानीय कराते खेलाडीहरूलाई वञ्चित गरेको विरोधस्वरूप मोरङ जिल्ला कराते महासंघले गहिरो दुःख र आपत्ति जाहेर गरेको छ ।
कराते महासंघका अध्यक्ष राम लिम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि जिल्ला खेलकुद विकास समितिको निर्णय पूर्ण रूपमा गैरजिम्मेवारपूर्ण र राखेप निर्देशविपरीत भएको हुँदा तत्काल सच्याएर खेलाडीहरूलाई अवसर दिन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द

नेपालगञ्ज, ४ वैशाख-कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा त्यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ । एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर...

विराटनगर आएर मिनेन्द्र रिजालले भने–जंगली माओवादीलाई हामीलेनै मुलधारको राजनीतिमा ल्याएका हौँ

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले जंगलको माओवादीलाई मुलधारको राजनीतिमा आफ्नो पार्टीले ल्याएको दावी गरेका छन् । विराटनगरमा बुधबार नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलेनै माओवादीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा...

अरनिको कलेजद्धारा विद्यार्थी विदाइ

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाइ विधाई गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको हो । कलेजमा अध्यनरत करिव ८ सय ५०...

विराटनगरमा निस्कियो रथयात्रा

विराटनगर । विराटनगरमा आज चार बजे राधाकृष्णको रथयात्रा निस्किएको छ । विराटनगर – १ राधाकृष्ण मन्दिरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुजाअर्चना गरेपछि रथ निस्किएको हो ।श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा...

एनपीए कोशी प्रदेशमा शम्भु साहको प्यानलै निर्वाचित, कसले कति ल्याए मत ? (सुचिसहित)

विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशमा शम्भू साहको प्यानलै निर्वाचित भएका छन् । साहले एनपीए कोशी प्रदेशको अध्यक्षमा ३५२ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्दी विवेक दाहालले १८३ मात्र मत...

कोरोना संक्रमितलाई खाना पुर्‍याउने रोबाेट बनाउँदै महावीर पुन

काठमाडौं, ३० चैत-राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई खाना वा अन्य सामग्री पुर्‍याउनका लागि रोबाेट बनाउन सुरु गरेको छ । आइसोलेसन वार्डमा रहेका संक्रमित बिरामीलाई खाना पुर्‍याउने यो रोबाेट २–३ दिनभित्र तयार हुने आविष्कार...

कोशी प्रदेशमा माओवादीका पूर्वाधार र पर्यटनमन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९१ संक्रमित थपिए, २७ जना डिस्चार्ज

विराटनगर ७ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुुममा १÷१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्