हडताल गरे कारबाही गर्ने गृहको चेतावनी

 न्यूज विराट
हडताल गरे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं, २१ माघ । गृह मन्त्रालयले नेकपाको प्रचण्ड–माधव समूहले बुधबार निकालेको जुलुस र बिहीबारका लागि आह्वान गरेको आमहडतालप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

गृहले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत अवाञ्छित क्रियाकला नगर्न आग्रह गरेको छ ।

नेकपामा देखिएको विवादबीच संवैधानिक निकायहरूमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले भोलि आमहडताल आह्वान गरेको छ । आमहडताल गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यता गतिविधिमा संलग्न हुनेउपर कानुन बमोजिम कारबाही हुने सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाउने उल्लेख गर्दै यातायात व्यवसायीलगायत सबैलाई पेसा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार

सहारा नेपाल(साकोस) द्धारा उर्लाबारिमा–४ मा राहत वितरण

उर्लाबारी, बैशाख २६–एकका लागि एक अभियान भन्ने नाराका साथ शुक्रबार सहारा नेपाल(साकोस) ले उर्लाबारी–४ मा राहत वितरण गरेको छ । अभियानले उर्लाबारी नगरपालिकामा वडाले दोस्रो चरणमा सिफारिस गरेको बक्राबाधमा बसोबास गर्ने विपन्न , दैनिक ज्याला...

प्रधानमन्त्रीले ट्वीट गर्दै भनेः भोलि बिहान ८ बजे ताली बजाउनुहोस्

काठमाडौं, ३०-चैतप्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसंघ...

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइरालाले लिए सपथ

विराटनगर ।कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसादराज भण्डारीले...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, ३ कात्तिक-मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन ३० कात्तिक मध्यरातसम्मका लागि स्थागित गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ । तर, १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको...

जिल्ला प्रशासनले बाँडेका सबै सवारी पास खारेज

काठमाडौं, १ वैशाख-देशभर कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सवारी पासमा पनि कडाइ गरेको छ । गृह मन्त्रालयले ७७ जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको सवारी पास खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले...

कानुनले बाटो देखाउने हो, डर होइन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको भन्दै असन्तुष्टि जनाएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले...

हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का निर्विरोध निर्वाचित

विराटनगर । हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् ।विराटनगरमा शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । खड्का विराटनगरस्थित शिक्षादीपक कलेजका प्रिन्सिपल पनि...

बागलुङमा शंकास्पद भनिएकी महिलाको रिपाेर्ट नेगेटिभ

द्रुत परीक्षणका क्रममा शंकास्पद देखिएकी बागलुङकी एक वृद्धाको कोरोना संक्रमण परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ ।आइतबार काठेखोला गाउँपालिका– ६, बिहुँ इनारपानीकी एक ६५ वर्षीयँ महिलाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) का क्रममा कोरोना शंकास्पद देखिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्