विराटनगर आएर राजेन्द्र माहतोले भने ‘कुर्सीको लडाईका कारण संसद विघटन’

 न्यूज विराट
विराटनगर आएर राजेन्द्र माहतोले भने ‘कुर्सीको लडाईका कारण संसद विघटन’

विराटनगर, २० माघ । जनता समाजवादी पार्टी नेपाल(जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा सबै क्षेत्रका जनतका अपनत्व हुनुपर्ने बताएका छन् । सो पार्टीको जिल्ला समन्वय समिति मोरङद्वारा आज विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले पहाड, हिमाल र तराईमा बसोबास गर्ने जनताका समावेशीमा संविधान केन्द्रित हुनु पर्नेमा जोड दिए ।

नेता महतोले संसद पुनःस्र्थापना र निर्वाचनबाट जनताका समस्या समाधान नहुने धारणा राख्दै जनताको अधिकार स्थापित गर्न, मुलुकमा सुशासन कायम हुनुपर्ने र आर्थिक समृद्धिका लागि संविधान संशोधननै स्थायी समाधान रहेकोमा जोड दिए ।

उनले स्वार्थ र कुर्सिको लडाईका कारण संसद विघटन भएको बताउँदै विगत ७० वर्षको अवधिमा जनताको भन्दा आफ्नो स्वार्थमा सात वटा संविधान आएको दावी गरे । पार्टीका कार्यकारी सदस्य युवराज कार्कीले संसद विघटन विधिको शासनको उल्लङ्घन भएको बताए ।

पार्टीका जिल्ला अध्यक्षद्वय राजकुमार यादव र मोहम्मद कादिर लगायतले जसपा प्रगतिशील र नुतन सोच भएको पार्टी भएको बताउँदै समानुपातिक समावेशी सम्वन्धी सम्पूर्ण जिम्मेवारी सो पार्टीको काँधमा रहेको ठोकुवा गरे ।

सम्बन्धित समाचार

क्षतीपूर्ती माग्दै मुख्यमन्त्री अगाडी पत्रकार ठाकुरको प्रर्दशन

विराटनगर । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च सहितको क्षतिपूति दिनुपर्ने माग राख्दै पत्रकारले प्रर्दशन गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो...

न्यूरो हस्पिटललको स्वास्थ्य अभियान कार्यक्रम सुरु

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको छ । मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको हो । न्युरो अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले आफु...

प्रदेश १ मा जिल्ला अस्पताललाई आसोलेसनसहित १ सय शय्याको बनाइने  

विराटनगर, २३ जेठ-प्रदेश १ का जिल्ला अस्पताललाई आइसोलेन वार्डसहित १ सय शय्या क्षमतामा स्तरोन्नति गरिने भएको छ । आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा ४ वटा भेन्टिलेटरसहित आवश्यक चिकित्सकको व्यवस्था मिलाइने भएको हो । आगामी...

कांग्रेसको प्रदेश कोषाध्यक्षमा गुप्ता मनोनित

विराटनगर, ५ वैशाख । नेपाली कांग्रेस प्रदेश नं १ को कोषाध्यक्षमा राजेश गुप्ता चयन भएका छन । प्रदेश कार्यसम्पादन समितिको आइतबार बसेको वैठकले प्रदेश सदस्य समेत रहेका गुप्तालाइ कोषाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको उपसभापति रमेशजंग...

प्रदेश-१ मा ८ हजारमा कोरोना परीक्षण

मोरङ, २३ वैशाख-प्रदेश-१ मा द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षणबाट आजसम्म ८ हजार ३५ जनाको नमुना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ...

महिला जागृती वृद्धा आश्रमका जेष्ठ नागरिकलाई औषधी र खाद्यान्य वितरण

विराटनगर, बैशाख १९–नेपाल औषधी व्यवसायी संघ मोरङले बुढीगंगा गाउँपालिका – १ पुष्पलालचौक स्थित महिला जागृती वृद्धा आश्रममा आश्रीत जेष्ठ नागरिकहरूलाई औषधी तथा खाद्यान्य वितरण गरेको छ । विश्वव्यापी महामारिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) का कारण...

फाइजरको खोप आउँदै, वितरणमा सतर्क हुन आवश्यक

कोरोनाविरुद्धको फाइजर खोप आउने दिन नजिकिएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरकालाई दिनेगरी फाइजर खोप ल्याउने तयारी गरेको हो । करिब ३ महिनाअघि देखि नै खोप ल्याउने पहल भएको थियो । द ग्लोबल एलायन्स...

कोरोना संक्रमण बढ्दै गएपछि दमकमा १३ भदौ सम्म लम्बियो लकडाउन

विराटनगर, ६ भदौ-दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि झापाको दमक नगरपालिकाले आगामी १३ गते भदौसम्म लकडाउन लम्ब्याएको छ । शनिबार दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको अध्यक्षतामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितीको बैठकले कोरोना संक्रमित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्