इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजिनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत

 न्यूज विराट
इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजिनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत

रोम, १३ माघ (रासस/सिन्ह्वा)-इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजिनामा दिने जानकारी गराउनुभएको छ । सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजिनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ ।”
राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजिनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गर्नुभएको उल्लेख गरिएको छ । गण्तन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजिनामा स्वीकृत गर्नुभएको छ, राष्ट्रपतिको कार्यालयद्वारा मङ्गलबार नै जारी विज्ञप्तिमा भनिएको छ ।
यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह गर्नुहुनेछ । वर्तमान् सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बन्नुभएको थियो ।

सम्बन्धित समाचार

सेना दिवसमा सुनवर्षीमा स्वास्थ्य शिविर, साढे चार सय बढीले गरे स्वास्थ्य परिक्षण

विराटनगर । सेना दिवसको अवसरमा सुनबर्षी नगरपालिकामा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ४ सय ५७ बढी सर्वसाधारणले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।सेना दिवस २०८१ को सन्र्दभ पारेर कटहरीको थलाहास्थित श्री भैरवगणले सुनबर्षी २ स्थित अमरदह...

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...

कोरोना प्रभावित भुल्केमा पैसासमेत चल्न छाड्यो

उदयपुर, १७ वैशाख-उदयपुरको भुल्केका २८ जनामा कोरोना सङ्क्रमण देखेपछि अहिले त्यहाँका स्थानीयवासीबाट कसैले पैसा लिन मानिरहेका छैनन् । सङ्क्रमण फैलिन सक्ने त्रासका कारण उनीहरूले दिएको पैसा नलिँदा भुल्केवासीहरूलाई विभिन्न उपभोग्य वस्तु खरिद गर्न समस्या झेल्नुपरेको...

भारतले लखेटेपछि दशगजामै बास

बाँके, २७ वैशाख-भारतमा कोरोना संक्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए । भारत...

लकडाउन खुकुलो बनाउन ३ रणनीति, मोडालिटी बनाउन कार्यदल

काठमडौं, १३ वैशाख-सरकारले क्षेत्रगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा रहेको अवस्थामा विकास निर्माणका काम र राजस्व दुवैमा प्रभाव परेपछि सरकारले यस्तो नीति तय गरेको हो । विश्‍व स्वास्थ्य...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६ संक्रमित थपिए, ७४० जना डिस्चार्ज

विराटनगर, २ मंसिर–प्रदेश १ मा मंगलबार ५६ संक्रमित थपिएका छन् । मोरङमा ३१ झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश १ बाहिरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङको विराटनगरमा सात महिला...

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर, १७ जेठ-सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये १ जना महिला पनि रहेकी छिन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाक्नेश्वरी नगरपालिकाका १ महिलासहित ९ जनामा...

विराटनगरमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने, माओवादी र समाजवादीमा छट्पटी

विराटनगर, २५ चैत । विराटनगरमा एक्लै बलियो अवस्थामा रहेको भन्दै नेपाली कांग्रेसले गठबन्धनमा आवद्ध कुनै दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेपछि गठबन्धनकै अरु दलमा छट्पटी सुरु भएको छ । कांग्रेससँग गठबन्धन गरेर भागवण्डा पाइने आशमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्