विराटनगर, १२ । नेपाल रेडक्रस सोसाईटी मोरङ जिल्ला शाखाअन्र्तगत संचालित क्षेत्रीय रक्त संचार सेवाकेन्द्रले आर्थिक बर्ष २०७६/७७ मा २६ हजार पिन्ट बढी रगत संकलन गरेको छ । सो संस्थाले उक्त आर्थिक बर्षमा २२ हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेकोमा त्योभन्दा बढी २६ हजार ४ सय ३१ पिन्ट रक्त संकलन गरेको हो ।
सो अवधिमा संस्थाले २७ हजार ६ सय ६४ पिन्ट स्वस्थ्यकर रगत विरामीहरुलाई उपलब्ध गराइएको समेत जनाइएको छ । रक्त संचार सेवा दिवसको अवसरमा आज जिल्ला रेडक्रसले विराटनगरमा आयोजना गरेको कार्यक्रमकाबीच सो बिषयमा जानकारी गराइएको छ ।
क्षेत्रीय रक्त संचार सेवा केन्द्रले विराटनगरस्थित आफ्नो भवनबाट सेवा शुरु गरेको दिनलाई रेडक्रस मोरङले प्रत्येक बर्ष रक्त संचार सेवा दिवसको रुपमा मनाउँदै आएको छ । २०४४ सालबाट आफ्नै भवनबाट सेवा संचालन शुरु गरेको केन्द्रले ३२ बर्ष पुरा गरि ३३ बर्षमा प्रवेश गरेको अवसरमा रक्त संकलनमा सहयोग पु¥याउने संघसंस्थालाई पुरस्कृत तथा सम्मानित समेत गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश–१ का प्रमुख सचेतक केदार कार्की तथा नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाका सभापति सुबोधकुमार सिंह लगायतले रक्त संकलनमा सहयोग पुर्याउने उत्कृष्ट संघसंस्थालाई पुरस्कार तथा सम्मान हस्तान्तरण गरे ।