एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागिसमर्थकलाई प्रहरीले नियन्त्रण लियो

 न्यूज विराट
एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागिसमर्थकलाई प्रहरीले नियन्त्रण लियो

एजेन्सी, ११ माघ । रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागि हजारौं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रसियाका विभिन्न शहरमा भएको प्रदर्शनमा उत्रिएका करिब तीनहजार प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राजधानी मस्कोमा प्रहरीले प्रदर्शनकारीलाई पिट्दै घिसारेर नियन्त्रणमा लिएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधमा भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन भएको जनाइएको छ । प्रदर्शन अघि प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको थियो भने नाभाल्नीका नजिकका सहयोगीहरुलाई प्रदर्शन अघिनै पक्राउ गरिएको थियो ।

गत आइतवार उपचारपछि जर्मनीबाट स्वदेश फर्केका नाभाल्नीलाई विमानस्थलमा पक्राउ गरेपछि समर्थकहरुले सामाजिक सञ्जालमार्फत प्रदर्शनको आह्वान गरेका थिए । नाभाल्नी राष्ट्रपति पुटिनका कट्टर कडा आलोचक मानिन्छन् ।

सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए । तर, आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन । गत अगस्टमा ४४ वर्षीय नभाल्नीलाई स्नायु विष दिइएको थियो । महिनौंको उपचारपछि मस्को फर्किएका नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ की सामाजिक विकास मन्त्री राई भन्छिन्ः प्रतिकुलतालाई अनुकुलतामा बदल्नुपर्छ

विराटनगर, ५ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छन् । कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनले बताइन् ।...

सुनको मूल्य ९९ हजार पुग्यो

काठमाडौं, १५ साउन-बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज प्रतितोला ९ सय ३५ रुपैयाँ बढेको हो । बुधबार ९८ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ...

भेटियो ढलमा खसेका बालकको शव

काठमाडौं, १० असोज । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय बालक उज्ज्वल विकको शव ललितपुरमा भेटिएको छ । महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । गत मंगलबार...

लोकसेवाले लिने सबै परीक्षा स्थगित

स्वास्थ्य सुरक्षा संवेदनशीलता देखाउँदै लोकसेवा आयोगले पनि अनिश्चितकालको लागि सबै परीक्षा स्थगन गरेको छ ।बिहीबार बसेको लोकसेवा आयोगको बैठकले यस्तो निर्णय लिएको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी गराए । आयोगले अर्को सूचना जारी नभएसम्मका लागि...

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको जनाएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष...

बालश्रममा प्रयोग गरिएका ५ बालकको उद्धार

विराटनगर, माघ १७–विराटनगरबाट नियमविपरीत बालश्रममा प्रयोग गरिएका ५ जना बालकलाई शुक्रबार उद्धार गरिएको छ । विराटनगर महानगरपालिकाको नेतृत्वमा निस्किएको सरोकारवालाको टोलीले नगरक्षेत्रका विभिन्न होटलहरूबाट ती बालकलाई उद्धार गरेको हो । सो क्रममा नगरक्षेत्रको वडा नम्बर...

कोरोना भाइरस बीमा स्थगित

काठमाडौं, २३ जेठ-बीमा समिति र नेपाल बीमक संघबीच कोरोना बीमा स्थगित गर्ने सहमति भएको छ । संघका अनुसार २ पक्षबीच भएको छलफलपछि शुक्रबारदेखि कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति भएको हो । हालसम्म ३ लाखले...

प्याब्सन मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल

विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका सुवाल सोमबार अध्यक्षमा चयन भएका हुन् ।नवनियुक्त अध्यक्ष सुवालले सोमबार प्याब्सन मोरङको कार्यालयमा पद तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्