प्रदेश १ : नेकपाको आधिकारिक विभाजनपछि मात्रै कसलाई सघाउने भन्नेबारे कांग्रेसले निर्णय लिने

 न्यूज विराट
प्रदेश १ : नेकपाको आधिकारिक विभाजनपछि मात्रै कसलाई सघाउने भन्नेबारे कांग्रेसले निर्णय लिने

नेकपा आधिकारिक रूपमा विभाजन नभइसकेको भन्दै प्रदेश १ कांग्रेसको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावबारे कुनै निर्णय गर्न सकेन ।

नेपाली कांग्रेसको प्रदेश १ संसदीय दलको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबुल भएर प्रक्रियामा गएपछि मात्रै कांग्रेसले परिपक्व निर्णय गर्नुपर्नेबारे छलफल भएको कांग्रेस सचेक सुयर्माराज राईले बताए ।

त्यस्तै, प्रदेशमा विकसित घटना क्रममालाई हेरेर निर्णयमा पुग्नुपर्ने धारणा सांसदहरूले राखेका छन् । बैठकमा कानुनी ढंगले नेकपा विभाजित भएपछि मात्रै कुन समूहलाई समाउने भन्ने निर्णय गर्नुपर्ने धारणा आएको उनले बताए ।

बैठकमा बोल्ने क्रम जारी रहेको छ र अहिलेसम्मको छलफलबाट जबसम्म विधिवत् रूपमा विभाजित भएर आउँदैन तबसम्म नेकपा एउटै हो ठान्नुपर्नेमा सबैजना एकमत रहेको उनले बताए ।

‘नेपाली कांग्रेसले यो गुठ र त्यो गुठ भनेर धारणा बनाउनु जरुरी छैन । जबसम्म विधिवत् रूपमा विभाजित भएर आउँछ तबसम्म नेकपा एउटै हो । कानुनी ढंगले नेकपा विभाजित भएपछि कुन समूहलाई समाउने भन्ने निर्णय त्यतिबेला पुग्छौँ । हामी तटस्थ बस्छौँ, हामीले निकास दिन्छौँ’ उनले भने । भोलि संसद संचालपछि आउने घटना र संसद कसरी अगाडि बढ्छ भन्ने हेरेर कांग्रेसले थप निर्णय गर्ने पनि उनले बताए ।

सम्बन्धित समाचार

विराटनगरमा भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालन

विराटनगर । विराटनगर – ९ स्थित श्री भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालनमा आएको छ । विराटनगरका तीन जना युवाले उक्त कन्सल्टेन्सी बिहीबार एक कार्यक्रमको आयोजना गरी संचालनमा ल्याएका हुन् । कन्सल्टेन्सीको उद्घाटन कोशी प्रदेश सभा सदस्य...

प्रदेशकै पहिलो मेची क्राउन पाँचतारे होटल सञ्चालनमा

झापा,  १५ असोज-झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ बिगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण...

पत्रकार दासलाई कुटपिट गर्ने दुई जना पक्राउ, ज्यान मार्ने उद्योगमा म्याद थप

विराटनगर । मोरङको उर्लाबारीका पत्रकार पुजन दासलाई निर्घात रुपमा कुटपिट गरेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका १० का ४० का शिव कार्की र सोही ठाउँका ३८ वर्षीया...

संविधान शंसोधन गरिएकोमा पुष्पलाल चोकमा दिप प्रज्वलन

विराटनगर, जेठ ३१–प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना संक्रमण पुष्टि

काठकाडाैं, ३० जेठ-नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिन थप ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले...

कोरोना त्रासले मोरङ कांग्रेसको बैठक स्थगित

विराटनगर, चैत २–कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली कांग्रेस मोरङको बैठक स्थगित भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि पार्टीको बैठक तय थियो । घिमरेले आइतबार पार्टीले बैठक स्थगनबारे...

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं, २० जेठ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । पत्रकार महासंघका...

चीनसँग सीमामा कुनै समस्या छैनः मन्त्री ज्ञवाली

काठमाडौं, १२ असार-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा क्षेत्रमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले बैठकमा बोल्दै चीनसँग सीमा समस्याको हल्ला गलत भएको बताएका छन् । हालै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्