विराटनगर, २३ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धि गरिने भएको छ । कामदारमा दक्षता अभिबृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले प्रदेश १ मा परियोजना स्ुरु हुन लागेको हो ।
कृषि, पर्यटन र निर्माण क्षेत्रका कामदारहरुको दक्षता र शिप विकासका लागि परियोजना सञ्चालन हुन लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल संघ नेपालको सहकार्यमा युरोपियन युनियनको आर्थिक सहयोग तथा ब्रिटिस काउन्सीलको व्यवस्थापनमा सञ्चालीत दक्षता परियोजनाको सहयोगमा कृषि, पर्यटन र निर्माण क्षेत्रका कामदारहरुलाई लक्षित गरि Establishing Employer led labour market secretariat (ELMS project) कार्यान्वयन गर्न लागिएको हो ।
सो परियोजनाको बारेमा जानकारी तथा यसका गतिविधिका बारेमा सरोकारवालाहरुलाई अवगत गराउने उदेश्यले प्रदेश १ को राजधानी विराटनगरमा परियोजना लन्च हुन लागेको हो । भोलि पुस २४ गतेदेखि उक्त परियोजना औपचारिकरुपमा सुरु हुने जनाइएको छ ।
विराटनगरस्थित इस्टर्न स्टार होटलमा शुक्रबार परियोजना लन्च हुनेछ । सो परियोजनाको उद्घाटन प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीस कुसियतले गर्ने नेपल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ का अध्यक्ष राजेश कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार कार्यक्रममा प्रदेश १ का मोरङ, झापा र सुनसरीका सरोकारवालाहरुको सहभागिता रहने छ ।