९ महिनापछि खुल्दै नयाँ चालक अनुमतिपत्रको परीक्षा

 न्यूज विराट
९ महिनापछि खुल्दै नयाँ चालक अनुमतिपत्रको परीक्षा

काठमाडौं, १५ पुस-नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो ।

यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि आवेदन लिन थालिएको विभागले जनाएको छ । नयाँ अनुमतिपत्रका लागि ‘सफ्टवेयर’ र छपाइको काम विभागले गर्दै आएको छ भने प्रदेश सरकारअन्तर्गतका कार्यालयले परीक्षा सञ्चालन र अनुमतिपत्र वितरण गर्छन् ।

अहिले प्रदेश सरकारले अनुमतिपत्रका लागि परीक्षा लिन चाहेकाले आवेदन खुलाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार सात वटै प्रदेशले नयाँ अनुमतिपत्र खुलाउने भएका छन् । उनले भने, ‘सेवाग्राहीले आफ्नो अनुकूल मिलाएर अनलाइनमार्फत फारम भरेर परीक्षामा समावेस हुन सक्नुहुन्छ ।’

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले मंगलबारदेखि फारम लिन थालिएको भए पनि केही दिनपछि मात्रै परीक्षा लिइने बताए । कोभिड–१९ को जोखिम कायम रहेकाले भीडभाड कम हुने गरी लिखित र प्रयोगात्मक परीक्षा लिइने उहाँको भनाइ छ । उनले भने, ‘एक दिनमा निश्चित संख्यामा मात्रै सेवाग्राही आउने गरी व्यवस्था मिलाइनेछ ।’

कार्यालयले गत चैतदेखि नै नयाँ अनुमतिपत्रका लागि परीक्षा लिएका थिएनन् । यसबीचमा पनि अनुमतिपत्र नवीकरण र वितरणको काम भने भइरहेको थियो । लामो समयसम्म अवरुद्ध सेवा एकै पटक खुलाउँदा भीड हुने भएकाले निश्चित संख्यामा मात्रै सेवाग्राही आउने गरी व्यवस्था मिलाउन लागिएको हो । रासस

सम्बन्धित समाचार

विराटनगर महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला,...

न्यूरोको दुई दिने वृहत स्वास्थ्य शिविर सुखीपुरमा, एक हजार बढीको स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिराहाको सुखिपुर नगरपालिका ८स्थित जन जागृती युवा क्लब तथा सुखीपर उधोग व्यापार समितीको प्रांगणमा वृहत स्वास्थ्य शिविर आयोजना गरेको हो...

नेपालमा कोरोनाबाट थप १ संक्रमितको मृत्यु

काठमाडौं, २५ साउन-पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ संक्रमितको मृत्यु भएको छ । ​पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत १ कोरोना संक्रमितको गएराति ११ः३५  बजे पोखरा-१९ लामाचौरका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य...

युक्रेनसँग तनावका बीच रुसले रणनैतिक सैन्य अभ्यास थालेको रिपोर्टको दाबी

युक्रेनलाई लिएर बढ्दो तनावका बीच रुसले ब्यालिस्टिक मिसाइलसँगै रणनीतिक सैन्य अभ्यास सुरु गरेको दाबी त्यहाँको समाचार एजेन्सी आरआउए नोभोस्टीले गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइ उद्धृत गर्दै समाचार एजेन्सीले यस्तो दाबी गरेको हो ।...

कोरोना परीक्षणको संख्या ३३ हजार नाघ्यो

सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाब परीक्षण (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडीटी) विधिबाट ३३ हजार ५ सय ६२...

कटहरीमा बन्ने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास, दुई महिनाभित्रमा संचालन गर्ने तयारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा निमार्ण हुने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास भएको छ । दुई महिना भित्र निमार्ण सम्पन्न हुने गरि कोल्ड स्टोरको...

बुद्धोदय सहकारीको मुनाफा २४ लाख ३७ हजार

विराटनगर । विराटनगर – ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक वर्ष २०७९/ ०८० मा २४ लाख ३७ हजार ७ य ७२ रुपैयाँ मुनाफा गरेको छ ।विराटनगरमा सोमबार भएको सहकारीको...

मिल्स भेट्रान्स गोल्डकप, गछिया र इटहरी भेट्रान्स क्बल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा गछिया भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्बल इटहरी विजयी भएको छ ।विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको पहिला खेलमा घरेलु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्