
प्रदेश १ मा ५ संक्रमित थपिए
विराटनगर, ३१ असार –प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । ३ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको...
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्ने भएको हो ।
त्यसका लागि आगामी बैठकमा स्वास्थ्य मन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए । समितिले यसअघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पूरा नगरीकन ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन सुरु गरेको थियो ।
तर, लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न सकेको थिएन । अबको बैठकमा भने स्वास्थ्यमन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो ।
यस्तै, समितिको बैठक लामो समय नबस्दा उजुरीको संख्या पनि बढेको छ । अहिलेसम्म एक दर्जन बढी उजुरी परेको पनि सचिव पाण्डेले बताए । विशेष गरी सार्वजनिक खरिद ऐनलाई कार्यान्वयन गर्ने शिलशिलामा भएका अनियमितताका कुराहरूलाई लिएर उजुरी परेको छ । सडक निर्माण, विद्युत् प्राधिकरणमार्फत हुने ठेक्काको विषय लगायतका विषयमा उजुरी परेको छ ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धमा उपसमितिले अध्ययन गरेको विषयमा समेत आगामी बैठकमा छलफल गर्ने तयारी गरिएको पनि पाण्डेले बताए ।
विराटनगर, ३१ असार –प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । ३ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको...
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएपछि क्षेत्र तनावग्रस्त बनेको छ। टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीय आक्रोशित भीडले शव सडकमा राखेर प्रदर्शन गर्दै...
काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको सन्दर्भमा कांग्रेसले ‘नाफाघाटा’ नहेर्ने बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै देउवाले जिम्मेवार राजनीतिक दल भएकोले कांग्रेसले क्षणिक लाभ वा हानिका आधारमा धारणा...
काठमाडौं, १३ असार-त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक अनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टड गरी २३४ अन्तरराष्ट्रिय उडान भएका हुन् । यी उडानबाट ११ हजार २८२ यात्रु नेपाल प्रवेश गरेका छन्।...
विराटनगर, १० पुस । पाँच दलीय गठबन्धन नेतृत्वको प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । शनिबार गठबन्धनले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको हो । अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको...
चितवन, ४ असार-चितवनको नारायणगढ-मुग्लिन सडकमा बुधबारदेखि लगातार यात्रुले ठूलो सास्ती खेपेर आवतजावत गरिरहेका छन् । एक त पटकपटक पहिरो खसेर सास्ती ब्यहोरेका यात्रुले आवश्यक ट्राफिक व्यवस्थापन कमजोर हुँदा थप सास्ती खेपेका थिए । एकतर्फी सञ्चालन...
काठमाडौं, २४ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र १२ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.