निर्माण सुरु गरेको ८ वर्षपछि जनकपुर विमानस्थलको टर्मिनल भवन सञ्चालनमा

 न्यूज विराट
निर्माण सुरु गरेको ८ वर्षपछि जनकपुर विमानस्थलको टर्मिनल भवन सञ्चालनमा

निर्माण सुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्त भवनको उद्घाटन गरेका हुन् ।

टर्मिनल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भटटराईले जनकपुर विमानस्थलको विकासमा सरकार दृढ रहेको बताए । त्यसका लागि तीनवटै तहका सरकारका बीचमा समन्वय र सहकार्य आवश्यक रहेको पनि बताए । यस्तै, जनकपुरलाई आकर्षक धार्मिक पर्यटकीय नगरिको रूपमा विकास गर्न संघीय सरकार अग्रसर रहेको पनि उनले बताए ।

कार्यक्रममा प्रदेश- २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण भएसँगै आवागमनमा सहज हुने र पर्यटकीय गतिविधिसमेत बढ्ने बताए । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले जनकपुर विमानस्थलको नाम परिवर्तन गरेर जनकपुरधाम विमानस्थल राख्नुपर्ने बताए ।

यो विमानस्थलमा २०२४ सालमा निर्माण भएको टर्मिनल भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । २०६९ सालदेखि निर्माण सुरु भएको नयाँ टर्मिनल भवन करिब ४५ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने क्षमता रहेको छ ।

सम्बन्धित समाचार

ब्राउन सुगर सहित दुई जना पक्राउ

विराटनगर, १२ असोज । झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका...

कोशी अस्पतालमा कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु

विराटनगर, साउन २९–विराटनगरस्थित कोशी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको राती ८ बजे मृत्यु भएको हो । निमोनिया भइ स्वासप्रश्वासमा समस्या रहेका...

निःशुल्क उपचार र राहत वितरण गर्न युवा संगठन सुनसरीको माग

विराटनगर, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन,सुनसरीले कोरोना महामारिको समयमा पनि शासकहरू चरम भ्रष्टाचारमा लिप्त भएको र जनताको स्वास्थ सुरक्षा माथि खेलबाड गरेको भन्दै आपत्ति जनाएको छ । युवा संगठन,सुनसरीका जिल्ला संयोजक...

मेलम्चीको काम जारी, फिनिसिङ कार्य अन्तिम चरणमा

काठमाडौं, १९ वैशाख-बन्दाबन्दीको १ महिना बिते पनि काठमाडौंवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल...

गुरुङ राष्ट्रिय परिषद विराटनगरको अध्यक्षमा कविमान, प्रचार सचिवमा भली

विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व...

सभामुख, अध्यक्ष र कानुनमन्त्रीबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति,...

भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित

एजेन्सी, साउन १८-भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका छन् । गृहमन्त्री शाहले ट्विट गर्दै आफूमा कोरोना...

कोरोना नियन्त्रणका लागि मन्त्रीहरूको जिम्मेवारी थप

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिएको छ ।सरकार प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्