अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

 न्यूज विराट
अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

विश्वकै सर्वोच्च शिखर सगरमाथाको पछिल्लो उचाइ सार्वजनिक गरिएको छ । नेपाल र चीनले संयुक्त रूपमा मंगलबार सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् ।

सगरमाथाको नयाँ उचाइ ८ हजार ८ हजार ४८.८६ मिटर रहेको औपचारिक घोषणा गरिएको हो । भर्चुअल रूपमा दुवै देशका प्रतिनिधि सहभागी रहेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् ।

गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा र प्रवर्द्धन गर्ने सहमतिअनुसार चीनले उचाइ नाप्न थालेको थियो । नेपालले भने सीको भ्रमणअघि नै उचाइ नापिसकेको थियो ।

दुई सय वर्षको इतिहासमा नेपाल आफैँले सगरमाथाको उचाइ नापेको थिएन । सन् १९५४ मा सर्भे अफ इण्डियाले नापेको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई अहिलेसम्म आधिकारिक मानिएको थियो ।

सम्बन्धित समाचार

रंगेलीमा चट्याङ लागेर एक जनाको मृत्यु, ४ जना घाइते

विराटनगर, ९ असार । मोरङको रंगेली नगरपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बुधबार रंगेली नगरपालिका–६ चोप्राहा स्थित नेवा टोलमा चट्याङ लगेर स्थानीय २३ वर्षीय युवक नितेश रायको मृत्यु भएको हो । घर...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

विराटनगर, ११ माघ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । आज थप सात जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...

भारतमा आइतबारको तुलनामा सोमबार कोरोना संक्रमित घटे

एजेन्सी, जेठ १३-भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टायता आइतबारको तुलनामा सोमबार संक्रमित केही कमी देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित भेटिएका हुन् । यस अघिल्लो...

भरतपुर अस्पतालमा उपचाररत १ पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

चितवन, १५ भदौ-भरतपुर अस्पतालमा उपचाररत १ पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड-१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका- ६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको...

कोरोना संक्रमण मुक्त हुने दरको ग्राफ उकालो, आज ७२२६ निको

काठमाडौं, जेठ १३-नेपालमा आज कोरोना संक्रमणबाट मुक्त हुने दरको ग्राफ उकालो लागेको छ । नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने संख्या धेरै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २२६ संक्रमित...

प्रदेश १ः संरक्षण गृहमा आश्रितहरुलाई खोप लगाउन शुरु

विराटनगर, २८ साउन । प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन...

नेपाल अब कोरोनाको उच्च जोखिममा छैन : मन्त्री ढकाल

काठमाडौं, १९ वैशाख-सरकारले कोरोना भाइरसको परीक्षण बढाएको बताएको छ । शुक्रबार राष्ट्रियसभा विधायन व्यवस्था समिति बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना परिक्षण बढाएको बताएका हुन् । कोरोना परीक्षण कम भएको भन्दै सरकारको...

बेलबारी उद्योग वाणिज्य संघमा श्रेष्ठको प्यानलै विजयी

विराटनगर । बेलबारी उद्योग वाणिज्य संघमा सत्ता गठबन्धनको प्यानल नै विजयी बनेको छ । नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान भएको थियो । आइतावार बिहान सम्पन्न मतगणना अनुसार भेष कुमार श्रेष्ठले ४८५ मत प्राप्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्