सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

 न्यूज विराट
सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

विराटनगर, ९ मंसिर–सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने दावी गरेका छन् । विराटनगरमा मंगलबार साँझ सञ्चारकर्मीहरुसँग कुुरागर्दै उनले नेपाली जनताले पाँचवर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो सरकार पूरा अवधि सञ्चालन हुने दावी गरेका हुन् ।

मन्त्री श्रेष्ठले मुुलुुकको राजनीति स्थायीत्व, विकास र सम्वृद्धिका लागी जनताले पार्टीलाई दुुई तिहाई नजिकको जनादेश दिएको बताउदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार पुुर्ण अवधिसम्म चल्ने वताए । उनले यो सरकार नेपाली जनताको माया र शक्तिवाट वनेकाले कोही कसैले गिराउन नसक्ने दावी गर्दै पुुरा अवधि सरकार सञ्चालन भएर इतिहास निर्माण गर्ने बताए ।

‘नेकपा पार्टी एउटा ठुुलो घर हो र ठुुलो घरको ठुुलै चाला हुुन्छ ।’ उनले भने,‘ झिनामसिना विवाद पार्टीमा देखा परेको छ यो विवाद केहि दिन भित्रै समाधान हुन्छ ।’ मन्त्री श्रेष्ठले नेकपा ठुुलो पार्टी भएकाले पार्टी भित्र केहि असहमती हुुनुु स्वाभाविक भएकाले वर्तमान अवस्थामा देखिएका विवादलाई अहिलेका कुसल नेतृत्वकर्ताहरुले सहजरुपमा व्यवस्थापन गर्न सक्ने बताए ।

सम्बन्धित समाचार

आइटिएफ तेक्वाण्डो विभाग गठन : संयोजकमा अन्जना, उपप्रमुखमा चतुरलाल

विराटनगर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आइ. टि. एफ. तेक्वाण्डो विभाग गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी विभाग गठन गरेको हो । आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटी, उपप्रमुखमा चुतरलाल चौधरी...

५८० वर्षपछि भोलि लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण

काठमाडौँ, २ मंसिर । आगामी मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ ।...

अमेरिकासँग सैन्य गठबन्धन हुँदैन, हामी यसमा प्रस्ट छौँ: प्रधानसेनापति शर्मा

काठमाडौं, ३ असार । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकासँग सैन्य गठबन्धन नहुने बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सैन्य गठबन्धन स्वीकार्य नहुने बताएका हुन् । उनले एसपीपी सम्झौता आफूहरूलाई मान्य नभएको...

विराटनगर, जेठ २३–प्रदेश १ सरकारले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको छ । आज प्रदेश प्रमुख सोमराज अधिकारी (प्यासी) ले प्रदेश १ को प्रदेश सभामा प्रदेश सरकारको आर्थिक वर्ष ०७७÷७८को नीति र कार्यक्रम प्रस्तुत गर्दै...

संक्रमितको संख्या १४ हजार नाघ्यो, बुधबार थपिए ४८२ जना

काठमाडौं, १७ असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए। उनका...

प्रदेश १ मा ६१ हजार मात्रा कोरोनाविरुद्धको खोप खेर गयो

विराटनगर, १२ साउन । प्रदेश १ मा कोभिड १९ विरुद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा खेर गएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरमा मौज्दात रहेको कोभिशिल्डको ११ हजार मात्रा खेर गएको हो। प्रदेश १...

तातोपानी नाकाबाट दैनिक स्वास्थ्य सामग्री ल्याइँदै

काठमाडौं, १३ वैशाख-गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् ।तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी...

ऋचा मेमोरियल टी–२० क्रिकेट : एनबीएससीको दोस्रो जित, दिल्ली दुई खेलमा जित बिहनी

विराटनगर । घरेलु टिम एनबीएससी विराटनगरले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । लागातार जित हात पार्ने क्रममा एनबीएससीले पाहुना टिम दिल्ली युनाईटेड क्रिकेट क्बलमाथि ३२ रनको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्