११ डिसेम्बरसम्ममा अमेरिकीले कोरोना खोप पाउनसक्ने

 न्यूज विराट
११ डिसेम्बरसम्ममा अमेरिकीले कोरोना खोप पाउनसक्ने

एजेन्सी, ८ मंसिर-कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकाका नागरिकले ११ डिसेम्बरसम्ममा खोप पाउनसक्ने एक उच्च अधिकारीले बताएका छन् ।

अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुख डा.मोन्सेफ स्लावीले स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना रहेको बताएका हुन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा एक करोड २० लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने दुई लाख ५५ हजार भन्दा बढीको मृत्यु भएको छ ।

फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिएका थिए । यो खोप दुई पटक लगाउँदा ९५ प्रतिशत प्रभावकारी नतिजा निस्कने देखिएको थियो ।

परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोना भाइरसविरुद्ध सक्रिय बनाउन यो खोपमा भाइरसको आनुवांशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो ।

यो खोप लगाएपछि शरीरले कोरोनासँग लड्नका लागि एन्टीबडी र टी–सेलहरू आफैं बनाउँछ । फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने जनाएको छ ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे १० डिसेम्बरसम्म छलफल गर्ने जनाएको छ । डा.स्लावीले सीएनएनसँगको कुराकानीमा अनुमति पाएको दुई दिनमै खोप दिन सक्नेगरी तयारी अवस्थामा रहेको जनाएका छन् ।

अमेरिकामा राज्यको जनसंख्याका आधारमा खोप वितरण गरिनेछ । स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकतामा राखेर खोप दिइने छ ।अर्को कम्पनी मोडेर्ना निर्माण गरेको खोप पनि ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।

सम्बन्धित समाचार

प्रदेशसभाले सर्वोच्चको आदेश उल्लंघन गर्‍यो:कृषिमन्त्री शाही

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभा सचिवालयले शुक्रबार एमालेको संसदीय दलको पत्रका आधारमा निलम्बन गरेपछि शाहीले उक्त प्रतिक्रिया...

कोशी प्रदेशमा आदिवासी दिवसमा शुक्रबार विदा

विराटनगर । कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुईटेलले सरकारले शुक्रबारका लागि सार्वजनिक विदा दिएको जानकारी दिएका हुन् । कोशी प्रदेश मन्त्रीपरिषदको...

राप्रपाको कार्यक्रमले कटहरीमा विद्यालयको पठन पाठन विथोलियो, दिनभर विद्यालयकै सामुन्ने माइकमा भाषण ‘ठोक्दा’ विद्यार्थीेले पढ्न पाएनन्

विराटनगर, १२ असोज । मोरङको कटहरीमा विद्यालयकै सामुन्ने राजनीतिक दलले कार्यक्रम राख्दा दिनभर पठनपाठन प्रभावित हुने गरेको छ । विद्यालयलाई शान्ति क्षेत्र भनिएपनि राजनीतिक दलहरु गैरजिम्मेवार बन्दा पठन पाठन प्रभावित हुने गरेको पाइएको छ ।...

प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु हुँदै, १६१ खेलाडी सहभागि हुने

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि विराटनगरमा सुरु हुँदैछ ।कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै शुक्रबारेदेखि विराटनगरमा दुई दिने प्रतियोगिता...

संक्रमित बढ्दै गएपछि कपिलवस्तुलाई सिल गरियो

बुटवल, २९ वैशाख-कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना नियन्त्रण एवं परीक्षणलाई प्रभावकारी बनाउन ५ जेठसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । आज साँझ ५ बजे...

८५८३ को परीक्षण गर्दा १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

काठमाडौं, १६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ५०१ महिला...

देशभर एकै दिन थपिए १ हजार ५३९ संक्रमित

काठमाडौं, ३१ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै सर्वाधिक धेरै दैनिक कोरोन संक्रमण पुष्टि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-...

अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको छ : ओली

काठमाडौं, बैशाख १ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको बताउनु भएको छ । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्