काठमाडौं, ५ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ । केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा भएको प्रचण्डसँगको छलफलमा महासचिव पौडेलले पार्टीको वर्तमान परिस्थिति धेरै गम्भीर रहेको बताए ।
पौडेल र प्रचण्डबीच करिब २५ मिनेट छलफल भएको बताइएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्तावको काउन्टरमा अर्को प्रस्ताव ल्याउने बताइरहेका बेला पौडेल र प्रचण्डबीच छलफल भएको हो ।
नेकपा सचिवालय बैठक १३ मंसिरमा बस्दैछ । सो बैठकमा यसअघि प्रचण्डले राखेको प्रस्ताव र ओलीले राख्ने प्रस्तावका बारेमा छलफल हुने बताइएको छ ।