एक घण्टा पछि सर्‍यो मन्त्रिपरिषद् बैठक

 न्यूज विराट
एक घण्टा पछि सर्‍यो मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकसँग जुधाएर बोलाएको मन्त्रिपरिषद् बैठक भने पछि सारेका छन् ।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक एक घण्टा ढिला गरिएको छ । समय परिवर्तन भएको सूचना मन्त्रीहरुलाई पठाइसकिएको बालुवाटार स्रोतले जनाएको छ ।

बुधबारका लागि तोकिएको सत्तारुढ नेकपा सचिवालय बैठकलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले मन्त्रिपपरिषद् बैठक पनि दिउँसो १ बजे नै बोलाएका थिए ।

मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित सचिवालय सदस्यहरु महासचिव विष्णु पौडेल अर्थमन्त्री, ईश्वर पोखरेल उपप्रधानमन्त्री र रामबहादुर थापा गृहमन्त्री छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच नेताको मागमा पाँच दिनअघि बसेको बैठक बुधबारका लागि स्थगित भएको थियो । गएको बैठकमा दुई अध्यक्षबीच आदानप्रदान भएका चार पत्र र दाहालको राजनीतिक प्रस्ताव अध्ययनका लागि उपलब्ध गराइएको थियो ।

राजनीतिक प्रस्तावमा दाहालले आफूमाथि गलत र निराधार आरोप लगाएको भन्दै प्रधानमन्त्रीले सचिवालयमा छलफल नगर्ने चेतावनी दिएका छन् । उनले प्रस्ताव विफल बनाउन आफू जुनसुकै कदम चाल्ने अवस्थामा पुग्ने स्पष्ट सन्देश दाहाललाई दिइसकेका छन् । प्रस्तावबारे प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतमलाई बालुवाटारमै बोलाएर आफ्नो असन्तुष्टि राखेका थिए ।

सम्बन्धित समाचार

निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छः प्रधानमन्त्री

काठमाडौं, ७ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले  सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी रहेको बताएका छन् । दसैंका अवसरमा शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन...

सञ्चार माध्यमको संरक्षण गर्न प्रदेश सरकारसँग महासंघ मोरङको माग

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष...

बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता 

 झापा,  १८ असोज-विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा...

८० प्रतिशत कटाउने ९१ विद्यार्थीले पाए शिक्षादीप कलेजमा छात्रवृत्ती

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजले लिएको आन्तरीक परीक्षामा ८० प्रतिशत कटाउने ९१ जना विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गरेको छ । विज्ञान संकायमा अध्ययरत कक्षा ११ मा ८० प्रतिशत कटाउने...

प्रदेश- २ को पाँचौ अधिवेशन चैत ३० गते

प्रदेश नं– २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गरेका छन् । मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव...

नेपालगञ्जका संक्रमितको ‘ट्राभल हिस्ट्री’ नखुल्दा संक्रमण स्रोत पत्ता लगाउँनै समस्या

बाँके, २४ वैशाख-बाँकेमा फेला परेका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको सुरुको अवस्था पत्ता लगाउन मुस्किल भएको छ । कोरोना भाइरस संक्रमणको क्षेत्र...

आज १०४४ संक्रमित थपिए, १२७१ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । आज ७ हजार ४ सय १४ जनाको...

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने गठबन्धन दलले निर्णाय गरेको छ । गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्