श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

 न्यूज विराट
श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

जनकपुरधाम, २९ कात्तिक-जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो । 

साहले श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । एसिड प्रहारले आरतीको अनुहार, छाती, पेटलगायत शरीरको २० प्रतिशत  भाग जलेको छ भने रियाको टाउको र बायाँ हात जलेको छ ।

प्रहरी निरीक्षक रमेश सिग्देलका अनुसार एसिड प्रहारले घाइते दुवैको जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ । आरतीको अवस्था गम्भीर र रियाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते

विराटनगर, १२ पुस-प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको छ ।आइतबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष  सिफारिस गर्ने निर्णय गरेको हो । संविधानअनुसार...

अभियान्ता चापागाईं पक्राउ परेपछि चौतर्फी विरोध, रिहाइ नभए आन्दोलनमा उत्रिने अन्सारीको चेतवनी

विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने विराटनगरकी ५२ वर्षीया इन्दिरा चापागाई पक्राउ परेपछि मेयर नागेश कोइरालाको सामाजिक संजालमा चौतर्फी विरोध सुरु भएको छ । सामुदायिक विद्यालय शिक्षा सुधारको माग...

खेलाडी राष्ट्रको गहना हुनः मुख्यमन्त्री राई

विराटनगर, २० असार । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडी राष्ट्रको गहना रहेको बताउनु भएको छ। प्रदेश नं १ खेलकुद विकास बोर्डद्वारा आज यहाँ आयोजित प्रदेशबाट साफ, एशियन तथा ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई...

संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, ४ असार-नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ राष्ट्रिपतबाट प्रमाणीकरण भएको छ । दुवै सदनबाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि बिहीबार विधेयक पेस गरिएको थियो । राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएर आएको...

उदयपुरमा पिकनिक खाएर फर्किएको स्कुल बस दुर्घटना : तीनको मृत्यु, २५ जना घाइते

विराटनगर । उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पिकनिक खाएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा परेको हो ।दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको गाइघाटस्थिति जिल्ला...

कर्णालीमा संक्रमितको संख्या ४ सय नजिक

सुर्खेत, २२ जेठ-दैलेखमा आज एकै दिन १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जनासहित मुगुका १ जना गरी १ सय...

एकै पोखरीमा डुबेर ३ बालकको मृत्यु

झापा, ८ साउन-झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर ३ बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका २...

वीपीमा कोरोना संक्रमित युवाको मृत्यु

विराटनगर, ८ भदौ–सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिँउसो एक कोरोना संक्रमित युवाको मृत्युु भएको छ । सिरहाको गोविन्दपूरका २२ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। भदौ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्