कोभिड उपचारमा सविंधान विपरीत शुल्क असुल्नु अपराध हो : कानुन व्यवसायी

 न्यूज विराट
कोभिड उपचारमा सविंधान विपरीत शुल्क असुल्नु अपराध हो : कानुन व्यवसायी

काठमाडौं, २१ कात्तिक-सरकारले कोरोना उपचारको नाउँमा नागरिकबाट असुलेको शुल्क एक/एक हिसाब गरेर फिर्ता गर्नुपर्ने अधिवक्ताहरूले बताएका छन् । सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा दायर गरेका अधिवक्ता लोकेन्द्र ओलीले अदालतले समेत शुल्क असुल्न नहुने आदेश दिइसकेको अवस्थामा सरकारले अहिलेसम्म लिएको शुल्क एक/एक हिसाब गरेर फिर्ता गर्नुपर्ने बताएका हुन् । शुक्रबार अधिवक्ता ओलीले संविधानले कुनै पनि सरुवारोगलाई मौलिक हकको रूपमा राखेकाले कोभिड संक्रमणको उपचार सबै नागरिकलाई निःशुल्क हुनुपर्ने र सरकारले अहिलेसम्म लिएको शुल्क फिर्ता गर्नुपर्ने बताएका हुन् । १५ असोजयता सरकारले नागरिकबाट पीसीआर परीक्षणसहित उपचारको शुल्क असुल्ने काम गरिरहेकोले संविधान विपरीत काम गरेको पुष्टि हुने पनि ओलीले बताए ।

‘अदालतले १५ असोजमा आदेश दियो शुल्क नलिनु भनेर । त्यसपछि पनि सरकारले लिइराखेको छ । अहिले पनि कोही मान्छेहरूको पनि निःशुल्क भइराखेको छैन् । सबै मान्छेहरूले २ हजार तिरेर पीसीआर परीक्षण गरेका छन् । उपचार गर्ने नाउँमा, अक्सिजन दिने नाउँमा लाखौं रुपैयाँ खर्च गरेर आफ्नो सम्पत्ति पनि नास गरेर, जीउ पनि नास हुने गरी मृत्यु भइराखेको खबर आइराखेका छन्,’ उनले भने, ‘त्यसले गर्दा १५ असोजभन्दा पछाडि सरकारले जसरी मान्छेहरूसँग शुल्क असुल्यो यो शुल्क एक/एक गरेर राज्यले फिर्ता गर्नुपर्छ । यदि कोही व्यक्ति बिरामी भएर वा नभएर परीक्षण गरेको छ र यति पैसा खर्च भयो भनेर आउनुहुन्छ भने उहाँहरु पीडित हो र उहाँहरुले राज्यबाट क्षतिपूर्ति पाउनुहुन्छ । पैसा नलिने भनेको थियो अदालतले तर पनि लियो । मुद्दा मामिलाका सन्दर्भमा अदालतले दिएको निर्णय र आदेश सबैले पालना गर्नुपर्छ भनिसके पछाडि सरकारले पालना नगर्ने, प्रधानमन्त्रीले पालना नगर्ने, मन्त्रीले पालना नगर्ने भन्ने कुरा हुँदैन् ।’

सम्बन्धित समाचार

६ जना विदेशी नागरिक क्वारेन्टाइनमा

इनरुवा, ६ वैशाख-सुनसरीको हरिनगर गाउँपालिका घुस्कीस्थित कवरत मस्जिदमा आश्रय लिएर बसेका ६ विदेशीलार्ई शुक्रबार क्वारेन्टाइनमा राखिएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वारेन्टाइनमा बस्दै आएका तिनलाई बीजी अस्पतालको...

प्रदेश १ मा सोमबार ६ संक्रमित थपिए, १५ डिस्चार्ज

विराटनगर, असार २२–प्रदेश १ मा सोमबार ६ जना पुरुषमा कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा...

बेलायतमा मंगलबार कोरोनाबाट एक हजारभन्दा बढीको मृत्यु

बेलायतमा केही महिना अघिदेखि सुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरूपको भाइरसपछि मृत्यु हुनेको संख्या बढेको छ । यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिना पछिकै...

एसईईको नतिजा अर्को साता

काठमाडौं, २२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ सातापछि मात्र हुने भएको छ । २० साउनभित्र सार्वजनिक गर्ने तयारी गरेपनि रुजु गर्ने काम नसकिएकाले ढिलाइ भएको हो । कोरोना भाइरसका कारण परीक्षा नभएपछि विद्यालयले...

एसइइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरू : सरस्वती, कृष्टल र युनिक स्कुल विजयी

विराटनगर । विराटनगरमा सुरू भएको दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा सोमबारबाट सुरू भएको...

रतुवामाईमा पत्रकार हौँ भनेर रकम अशुल गर्दै हँडेका दुई जना पक्राउ

विराटनगर, ६ असार । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी...

अख्तियारका प्रमुख घिमिरेमा काेराेना संक्रमण पुष्टि

काठमाडौं, २७ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।  सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । उनी संक्रमण...

होटल बन्द गर्ने हानको प्रस्ताव, ९ लाख श्रमिक मारमा

काठमाडौं, २२ वैशाख-होटल एसोसिएसन अफ नेपाल (हान)ले कोरोनाको कारण देखाउँदै दशैँसम्म सबै होटल बन्द गर्ने प्रस्ताव सरकारलाई गरेको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण तत्काल होटल सञ्चालन गर्ने सक्ने अवस्था नदेखिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्