धाँधली भएको आरोप लगाएर ट्रम्पले दिएको उजुरी अदालतद्वारा खारेज

 न्यूज विराट
धाँधली भएको आरोप लगाएर ट्रम्पले दिएको उजुरी अदालतद्वारा खारेज

एजेन्सी, २१ कात्तिक-अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।

पूर्वउपराष्ट्रपति जो वाइडेनले बहालवाला राष्ट्रपति ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहेका छन् । अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति ट्रम्पले अदालतबाट मागेको सहारा पनि पाउन असफल भएका छन् । मतगणना तत्काल रोक्न माग गर्दै उनले संघीय अदालतमा दिएका उजुरीहरू अदालतले खारेज गरिदिएका छन् ।

ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाएका हुन् । बाइडेन झिनो मतले अगाडि रहेको नेभाडा राज्यमा यसअघिसम्म ट्रम्पको पक्षमा मत आउने आशामा उनका समर्थकहरूले मतगणना रोक्ने माग गरेका थिएनन् । ट्रम्पले विस्कन्सिन, मिचिगन, पेन्सिल्भेनिया र जोर्जिआ राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिएका हुन् ।

उनले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरू नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी खारेज गरिएको अदालतले जनाएको छ । जोर्जिआमा ढिलोगरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दावीसहित मुद्दा दायर भएको थियो । मिचिगनमा भने मतगणना रोक्न माग गर्दै मत गन्तीको प्रकृयामा पहुँचको माग गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई पनि अस्वीकार गरिएको छ । राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एक जना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए । ती राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको र मतगणना रोक्न आवश्यक नभएको फैसला सुनाएका थिए । अदालतले उजुरी खारेज गरिदिएपछि राष्ट्रपति ट्रम्पलाई अर्को धक्का भएको छ ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले नेभाडाको मतदानमा पनि धाँधली भएको भन्दै उजुरी दर्ता गरेको छ । शुक्रबार दर्ता गरिएको उजुरी ट्रम्पको तर्फबाट अन्य राज्यमा दर्ता गरिएको जस्तै रहेको समाचारमा जनाइएको छ । प्रमाण नदिइएको सो मुद्दामा क्लार्क काउन्टीमा हुलाकमार्फत् आएका मतपत्र जाँचमा अनियमिता र ३ हजारभन्दा बढी फर्जी मतदान भएको दाबी गरिएको छ ।

अमेरिकामा अहिले मतगणना भइरहेका पेन्सिल्भेनिया, नेभाडा, एरिजोना, जोर्जिआ र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखापरिसकेका छैनन् । पेन्सिल्भेनियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुई वटामा मात्र जितेमा पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनेछन् । ट्रम्पले जित्नका लागि भने पेन्सिल्भेनियासहित बाँकी चारमध्ये तीनवटा राज्यमा जित्नैपर्ने हुन्छ ।

यसअघि ट्रम्पको अग्रता पेन्सिल्भेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जोर्जिआमा पनि उस्तै स्थिति देखा परिरहेको छ । अमेरिकामा अहिले मतगणना र मुद्दामामिला भइरहेका बेला दुवै उम्मेदवारले विभिन्न प्रतिक्रिया दिएका छन् ।

प्रतिस्पर्धामा रहेका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गर्दै आएका छन् भने अर्का प्रतिस्पर्धी तथा पूर्वउपराष्ट्रपति बाइडेनले संयमित हुन सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपछि उनका समर्थक र विपक्षी दुवै पक्षले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत पहिलो पटक राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाकमार्फत गरिएको मतदान एकतर्फी भएको दावी गरेका थिए । उनले भने, ‘यदि तपाईं वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने म सजिलै जित्छु । यहाँ धेरै अवैध मतदान भएको छ ।’ मतदानअघि सञ्चार माध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिए ।

यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै विजयी भएको बाइडनले घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए । अन्तिम नतिजा आउनै लाग्दा उनले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरूले उनको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् ।

अर्का प्रतिस्पर्धी बाइडेनले भने विरोध प्रदर्शनमा उत्रिएका तथा त्रसित र उत्तेजित भएकाहरूलाई संयमता अपनाउन आह्वान गरेका छन् । ‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ,’ उनले भने, ‘तर, प्रक्रियाले काम गरिरहेको छ ।’ प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ । त्यसलाई मानिसहरूले कसरी व्यक्त गरेका छन भन्ने हेरौँ ।’

मतगणना सकेपछि आफू र आफ्नो समूहकी उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस विजयी हुने कुरामा ‘कुनै शंका नरहेको’ पनि बाइडेनले बताइन् । त्यसबाहेक अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान गरेका छन् । त्यसको गणनाका लागि समय लाग्ने भएकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

हुलाकबाट आएको मत गणनापछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने छ । तर, हुलाकबाट आएको मतले भने नतिजालाई उल्ट्याउने संभावना कम हुने गरेको छ । नेपाली समयअनुसार मंगलबार राति अबेरसम्म भएको मतदान सकिएपछि बुधबार बिहानदेखि मत गणना सुरु भई परिणाम सार्वजनिक हुन थालेको हो ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ । अमेरिकामा हरेक चार/चार वर्षको नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

सम्बन्धित समाचार

भारत-चीन सैनिकबीच लद्दाखमा भएको झडपबारे बोल्यो नेपाल

काठमाडौं, ६ असार-भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्नका लागि दुवै देशलाई आग्रह गरेको छ । लद्दाखको गलवान घाटीमा भएको भारत-चिनियाँ सुरक्षाकर्मीबीचको झडपका क्रममा भएको २० भारतीय सैनिकको मृत्यु भएको थियो ।...

विराटनगरमा तेस्रो नेवा : महोत्सव माघ ६ र ७ गते हुने, २० वटा स्टलमा खानाको परिकार रहने

विराटनगर । विराटनगरमा तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो । विराटनगरमा...

ओमिक्रोनको सन्त्रास : सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका...

ललितपुरमा साढे ९ हजार संक्रमितले जिते कोरोना

ललितपुरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढेको छ । जिल्लाभर रहेका कुल ११ हजार ६ सय ९० संक्रमितमध्ये ९ हजार ६ सय ३ जनाले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  जिल्लामा सक्रिय संक्रमितको...

नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

काठमाडौं, २ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको अघिल्लो दिन नेताहरुको दौडधूप सुरु भएको छ । निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्...

विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई कैदीबन्दीले मोरङ कारागारमा छिर्न नदिएपछि सप्तरी लगियो

विराटनगर, १७ कात्तिक । डिल्लीबजार कारागारबाट मोरङ सरुवा गरि विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई आन्दोलन गरेर अन्य कैदीबन्दीले छिर्न नदिएपछि सप्तरी लगिएको छ । मंगलबार बिहान विराटनगरस्थित मोरङ कारागारमा गुण्डा नाइके गिरीलाई ल्याइएपनि अन्य...

ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनू : सर्वोच्च

काठमाडाैं, १४ वैशाख-आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई थुनामा राख्नुको कारण पेस गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ। सर्वाेच्चले शाहीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन पनि भनेको छ। केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट...

काम गर्न बाधा पुर्‍याएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न सक्ने दाबी गरेका छन् । बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने बताएका हुन् । ‘बेलायतमा लिखित संविधान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्