काठमाडौं भित्रिने र छाड्ने घटे

 न्यूज विराट
काठमाडौं भित्रिने र छाड्ने घटे

काठमाडौं, १४ कात्तिक-कोभिड-१९ महामारीको त्रासका कारण यसपालिको दसैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रूपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या लाखौँलाख हुन्थ्यो । यसपालि भने केही लाखले मात्रै आवतजावत गरेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका वर्षमा आवतजावतको तथ्याङ्क जोड/घटाउमा उपत्यका छाड्ने खुद व्यक्ति झण्डै १० देखि १२ लाख हुने गरेकोमा यसपालि भने १ लाखको हाराहारीमा रहेको बताउँछन् ।

गत वर्ष कुल ३० लाखले उपत्यका छाडेका थिए भने १८ लाख भित्रिएका थिए । यसपालि दसैँमा भने ३ लाखले उपत्यका छाडे । झण्डै २ लाख भित्रिएका छन् । कोभिड-१९ को महामारीका कारण यसरी यात्रु आवागमनमा प्रत्यक्ष प्रभावित भएका हुन् । दसैँ सकिएपछि पनि उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढ्न सकेको छैन । यही १३ गते २४ हजार यात्रु भित्रिएका छन् भने २० हजार बाहिरिएको विवरणले पनि उक्त कुराको पुष्टि गर्छ ।

पछिल्लो समयमा उपत्यकामा कोरोना सङ्क्रमणको उच्च जोखिम छ । मुलुकभर देखिएको कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा रहेकाले पनि मानिस राजधानी आउन डराइरहेका जनस्वास्थ्य विज्ञको भनाइ छ । सङ्ख्यात्मक रूपमा विष्लेषण गर्दा यस वर्ष इतिहासमै पहिलो पटक मानिसको आवागमन न्यून भएको प्रहरीको दाबी छ । विसं २०७७ लाई छाड्दा २०७१ पछिको विवरणमा विसं २०७१ र २०७२ मा उपत्यकामा सबैभन्दा कम यात्रुको आवागमन भएको पाइन्छ । विसं २०७१ को दसैँमा ६५ हजार सवारी साधनमार्फत ८ लाख यात्रु बाहिरिएका र ५१ हजार सवारी साधानमार्फत ५ लाख मानिस भित्रिएका थिए ।

यस्तै, २०७२ सालमा ५९ हजार सवारी साधानमार्फत ८ लाख ३० हजार यात्रु बाहिरिएका र ५६ हजार सवारी साधनमार्फत ५ लाख १६ हजार यात्रु भित्रिएका थिए । वि.सं. २०७३ देखि २०७६ सम्म यात्रु भित्रिने र बाहिरिने अवस्था ह्वात्तै बढेको थियो ।

यसपालि भने सबैभन्दा कम यात्रुको चहलपहल देखियो । नयाँ संविधान निर्माण भई सङ्घीयता कार्यान्वयनको समयमा शान्ति प्रक्रिया टुङ्गोमा पुगेको र शान्ति/सुरक्षा अब्बल बन्दै गएकाले वातावरण सहज हुँदा यात्रुलाई एक ठाउँबाट अर्को स्थानमा जानआउन समस्या थिएन । तर यसपालि गत चैतबाट बढेको कोरोना महामारीले चाडबाडलाई समेत नराम्ररी प्रभावित बनाएको तथ्याङ्कले देखाएको छ ।

प्रहरी प्रवक्ता कुबेर कडायत यसपालिको दसैँको बेलामा सवारीसाधन र यात्रुको आवातजावत कम हुँदा ठूला दुर्घटनासमेत नभएको बताउँछन् । बजारमासमेत चहलपहल कम हुँदा आपराधिक घटनामा समेत कमी देखिएको उनको भनाइ छ । रासस  

सम्बन्धित समाचार

मोरङमा ‘घुमुवा’ प्रहरी राख्दिन : एसपी नवराज कार्की

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले तत्काललाई सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने बताएका छन् । एक हप्ता अगाडी मोरङ प्रहरी प्रमुख भएर कार्यभाव समालेपछि सोमबार संचारकर्मीहरूसँग परिचयत्मक कार्यक्रममा बोल्दै उनले तत्काललाई...

रंगेलीमा दुई युवकको खोलामा डुवेर मृत्यु

विराटनगर, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु...

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको ज्यान गएमा प्रदेश १ सरकारले ५० लाख दिने घोषणा

विराटनगर, चैत २५-कोरोना संक्रमितको उपचारमा खटिने क्रममा कसैले ज्यान गुमाए प्रदेश १ सरकारले ५० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाए स्वास्थ्यकर्मी तथा कर्मचारीका...

९२ वर्षको उमेरमा कोरोना जितेर घर फर्किँदा

एजेन्सी, बैशाख २७-तस्वीरमा देखिएका व्यक्ति ९२ वर्षीय भवानी शर्मा हुन् । भारत जयपुरका उनले कोरोनामाथि विजय प्राप्त मात्र गरेका छैनन्, जिन्दगीको सबैभन्दा सुन्दर चित्र पनि देखाएका छन् । २८ अप्रिलमा कोरोना संक्रमणबाट पूरै मुक्त भई...

हत्याको १९ वर्षपछि भारतीय ‘बाबा’ रामरहिमलाई जन्मकैदको सजाय

एजेन्सी, १ कात्तिक ।सन्यासीको भेषमा अपराध लुकाउँदै आएका भारतीय 'बाबा' रामसहित सिंहलाई जन्मकैदको सजाय भएको छ । सोमबार भारतको पञ्चकुल विशेष अदालतले उनीसहित पाँच जनालाई जन्मकैदको सजाय सुनाएको हो । यी पाँचजनाले रञ्जित सिंहको हत्याको गरेको...

प्रदेश २ मा थपिए १०७ संक्रमित

जनकपुरधाम, ३१ जेठ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६ महिला र १ सय १ जना पुरुषगरी कुल १ सय ७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । समाजिक विकास मन्त्रालयका अनुसार महोत्तरीका १, सर्लाहीका...

थप ७१० जनामा कोरोना पुष्टि, ११७५ डिस्चार्ज

काठमाडौं, ४ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७१० जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७८० नमुना पीसीबर विधिबाट परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो...

गोरखामा लोपोन्मुख तामे सालक भेटियो

गोरखा, जेठ २५-गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ । स्थानीयवासी होमप्रसाद रेग्मीको घरमा बयस्क सो सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्