पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ कोरोना संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ कोरोना संक्रमित थपिए

विराटनगर, ३ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङगमा एक सय ४४, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा छ, संखुवासभामा चार, इलाममा एक र प्रदेश १ बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ पुरुष रहेका छन् । मोरङको विराटनगरमा ७१, बेलबारीमा ३१, कानेपोखरीमा १२, सुन्दरहरैचामा नौ, पथरीशनिश्चरेमा छ, कटहरी, बुढीगंगा र उर्लाबारीमा तीन÷तीन, रतुवामाईमा दुई, रंगेली, जहदा, ग्रामथान र लेटाङमा एक÷एक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा २१, इनरुवा, रामधुनी, झोक्राहानरसिंह र गढीमा दुई÷दुई, बर्जु र स्थानीय तह नखुलेका एक÷एक, झापाको मेचीनगरमा १०, विर्तामोडमा नौ, दमकमा छ, भद्रपुरमा चार, गौरादहमा तीन, झापा गाउँपालिकामा दुई, अर्जुनधारा, बुद्धशान्ति र कमल गाउँपालिकामा एक÷एक र स्थानीय तह नखुलेका चार जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता उदयपुरको त्रियुगामा छ, संखुवासभाको धर्मदेवीमा तीन र मादीमा एक, इलामको रोङमा एक र प्रदेश १ बाहिरका पाँच जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार नौ सय ८८ पुगेको छ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ६५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामा होम आईसोलेसनबाट चार सय ५५, विराट मेडिकल कलेजबाट सात र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या छ हजार ३९ पुगेको छ ।

प्रदेश १ मा सोमबार एक हजार एक सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएको मध्ये एक सय ३२ महिला र दुई सय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४७ हजार ९९४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट सप्तरीका थप एक जनाको मृत्यु

विराटनगर, १० असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको शनिबार बिहान १ः३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ...

कपटपूर्ण तरिकाले बजेट मार्फत एमसिसि आयो: पूर्वमन्त्री मण्डल

विराटनगर जेठ १८–पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद शिवकुमार मण्डलले सरकारले एमसिसि पारित गराउन छलकपट गरिरहेको आरोप लगाएका छन् । नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डले सरकारले षड्यन्त्रपूर्वक ढंगले संसदमा एमसिसि ल्याउन खोजेको आरोप...

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत डिएसपी मुकारुङ बने साउन महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर, ४ भदौ । जिल्ला प्रहरी कार्यालय मोरङ दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रहरी चौकी मेल्छाम, हुम्ला दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर RIT शाखामा कार्यरत प्रहरी जवान टिकाराम खापुङ साउन...

साउनदेखि कक्षा १२ को पढाइ सुरु हुने

काठमाडौं, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम मूल्याङ्कन असारभित्रै गरिसक्न विद्यालयहरूलाई अनुरोध गरेको छ । गत वर्ष बनाइएको कार्यविधिअनुसार विद्यालयहरूले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को...

दिल्लीका मुख्यमन्त्री केजरीवालले १५ दिनमै बनाए ५ सय आईसीयू बेडको कोरोना अस्पताल

एजेन्सी, ३ जेठ । दिल्लीको प्रख्यात रामलीला मैदानमा दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार यसमध्ये २५० बेड शनिबारदेखि सञ्चालन भएको छ...

शुक्रबार देशभर २२४ जनामा संक्रमण पुष्टि, थप १५१ जनाले जिते कोरोना

काठमाडौं, १६ साउन-शुक्रबार देशभर २२४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभकार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२४ जनामा कोरोना संक्रमण देखिएको बताए । योसँगै नेपालमा कोरोना...

आजदेखि सप्तरीमा निषेधाज्ञा जारी

सप्तरी, २० साउन-सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरी स्थानीय प्रशासनले आजदेखि २६ साउनसम्म ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बुसेको बैठकबाट सो निर्णय गरिएको हो...

मिल्स गोल्डकप, सहलेस युवा क्लब सिराहा सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा सहलेस युवा क्लब सिराहा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्