सडकमा गुजारा चलाइरहेका १३ जनाको महानगरद्वारा उद्दार

 न्यूज विराट
सडकमा गुजारा चलाइरहेका १३ जनाको महानगरद्वारा उद्दार

मोरङ,  ३० असोज-विराटनगर महानगरपालिकाले नगरका  सडकमा बेसहारा भई कठिन जीवनयापन गरिरहेका १२ सडक मानवलाई  उद्दार गरेको छ ।  विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगर–९ स्थित पुरानो गुद्री आसपास क्षेत्रमा बस्दै आएका बेसहारालाई उद्दार गरेका हुन् । विराटनर सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियानअनुरुप सडकपेटीमा बस्दै आएकालाई उद्दार गरिएको हो । 

यसरी उद्दार गरिएकालाई विराटनगर–१० मा रहेको मानव सेवाआश्रममा लगिएको छ । यसभन्दा अगाडि विराटनगर महानगरले २० जनाको उद्दार गरिसकेको छ ।

लागुऔषध प्रयोगकर्ता र घरबारविहीन भएर बेसहारा जीवन बिताइरहेकाको पहिचानसहित बस्ने स्थानसमेत छनोट गरिएको छ । लागुऔषध दुर्व्यसनीमा फसेर सडकमै आएकालाई सुधारगृहमा लगिएको छ । उद्दार गरिएकामध्ये दुई जनालाई विराटनगर–३ मा रहेको लिवर्टी नेपालमा लगिएको बताइएको छ ।

नगरप्रमुख पराजुलीले यो अभियानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताउँदै बेसहारा मानिसको उचित व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सहकार्य गरी प्रत्येक वर्ष २५ लाख दिने गरेको जानकारी दिए ।

ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल

प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल सुरु गरेको छ । ग्रामथानका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो ।

सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक र मानव सेवाग्राम निर्माण गर्ने भएको छ । ज्येष्ठ नागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको निर्माण ग्रामथान गाउँपालिकाले गर्नुपर्ने छ । १० बिघा १४ कठ्ठामा निर्माण गरिने ज्येष्ठ नागरिक ग्रामको डिपिआरलगायत काम सम्पन्न भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले भवन निर्माणको शिलान्यास चाँडै गर्ने गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिँदै परियोजना निर्माण सुरू भएपछि अवरोध भए निर्माणले गति लिन नसक्ने बताए । उनले ज्येष्ठ नागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रूपमा विकास गरिने बताए ।

प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास, गाउँपालिका अध्यक्ष शिवनारायण माझीलगायतले परियोजना कार्यन्वयनमा जोड दिए ।

सम्बन्धित समाचार

मोरङको जहदाबाट ११ सय ३ केजी गाँजा दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको जहदा गाउँपालिकाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जहदा गाउँपालिका ७ मुसहरी टोलबाट प्रहरीले कुल १ हजार १ सय ३ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश...

घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा

विराटनगर, जेठ ७–प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुखझाले...

प्याब्सन स्पोर्टस मिटको उपाधि पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको ग्यालेक्सी पब्लिक हाइस्कुल ( कोशी मोडल) स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको...

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्ति

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की संविधानको १६८ (५) अन्तर्गत नियुक्त भएका हुन् । योसहित प्रदेश सरकारमा कार्कीको तेस्रो इन्ट्री हो । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको...

अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायतमा मात्र ८४ हजार २ सय २८ को मृत्यु

संसारमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय ४७ पुगेको छ भने १८ लाख ५३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वका शक्तिशाली देशहरुमा नै मृत्यु हुनेको संख्या अधिक छ...

आईएस्सीको प्रमाणपत्र नक्कली भएको आशंकामा सांसद सुनिल शर्मा पक्राउ, यस्तो छ विवादित कहानी

विराटनगर । विवादित मेडिकल कलेज सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशरण महतमाथि अनुसन्धान गर्नुपर्ने चर्को अभिव्यक्ति दिँदै आएका शर्मालाई बिहीबार प्रहरीले...

खोपको असर : वीर अस्पतालका ६ स्वास्थ्यकर्मीलाई रिङ्गटा र वाकवाक लाग्ने समस्या

कोरोना भाइरसविरुद्धको खोप लगाएका वीर अस्पतालका ६ जना स्वास्थ्यकर्मीको स्वास्थ्यमा समस्या देखिएको छ । उनीहरूलाई रिङ्गटा र वाकवाक लाग्ने समस्या देखिएको वीर अस्पतालको कोरोना फोकल पर्सन अच्युत कार्कीले जानकारी दिए । ‘खोप लगाएपछि केहीबेर ६...

स्रोत नखुलेको सात लाखसहित भारतीय पक्राउ

विराटनगर । स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित प्रहरीले प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विराटनगरबाट शुक्रबार दिउँसो भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्