२८ दिनपछि डा. केसीले तोडे अनशन

 न्यूज विराट
२८ दिनपछि डा. केसीले तोडे अनशन

काठमाडौं, २५ असोज-चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा.डा. गोविन्द केसीले आइतबार बिहान अनशन तोडेका छन् । शनिबार राति अबेर सरकारसँग ८ बुँदे सम्झौता गरेका केसीले आइतबार बिहान अनशन तोडेका हुन् । शिक्षण अस्पताल महारागन्जमा डा. केसी २८ दिनदेखि अनशनमा बसेका थिए ।

अस्पतालमा २७ वर्षदेखि कार्यरत कार्यालय सहयोगी विकास नेपालीको हातबाट जुस पिएर केसीले अनशन तोडेका हुन् । विकास काेराेना जितेका व्यक्ति पनि हुन् । अनशन तोडेपछि डा. केसीलाई आईसीयूमा लगिएको छ । केही दिन उनको अस्पतालमै उपचार हुने बताइएको छ ।

६ बुँदे माग राखेका केसीको यो १९ औँ अनशन हो । जुम्लाबाट अनशन सुरु गरे पनि स्वास्थ्यमा समस्या भएपछि उनलाई काठमाडौं ल्याइएको थियो । बिहीबारदेखि शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले पटक पटक छलफल गरेपछि शनिबार राति सहमति जुटाएको थियो ।

सम्बन्धित समाचार

क्वारेन्टाइन बसेर घर फर्किएका युवाको मृत्यु

सुर्खेत, ७ असार-सुर्खेतको भेरीगंगा नगरपालिका- ५ भर्रेनीका ३५ वर्षीय युवकको १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएपछि मृत्यु भएको छ । भारतको सिम्लाबाट आएर क्वारेन्टाइनमा बसेर गत २९ जेठमा घर फर्किएका युवकको आइतबार बिहान मृत्यु भएको हो...

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

काठमाडौं, ५ असार-गण्डकी प्रदेशमा शुक्रबार बिहान २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लाका २४ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितमा बागलुङका १४, कास्कीका ६, स्याङ्जा...

शनिबार एकै दिन २५ अर्ब ५५ करोड रूपैयाँ सरकारी भुक्तानी

काठमाडौ । आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्राय: शनिबार सरकारी...

घर जग्गा रोक्का र फुकुवा गर्न मालपोत जानुपर्ने बाध्यताको अन्त्य

काठमाडौं, ३१ भदौ । घर जग्गा रोक्का तथा फुकुवाका लागि मालपोत कार्यालय धाउनु पर्ने सञ्चयकर्ताको बाध्यता हटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र कर्मचारी सञ्चय कोषबीच जग्गा रोक्का फुकुवा र धितो पास अनलाइन...

माधव नेपाल निकट निरन्जन झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त

सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले झालाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । झा माधव नेपालनिकट नेता हुन् । सप्तरीका झा एमाले समाजवादीका नेता पनि हुन्...

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जना पक्राउ

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला...

एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न सकिन्न : प्रचण्ड

काठमाडौं, १७ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् ।कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औँ स्मृति दिवसका अवसरमा आयोजिक कार्यक्रममा अध्यक्ष दाहालले...

विराटनगरमा जारी टि–२० मेयर कप क्रिकेटः विरगञ्ज र जनकपुर विजयी

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता बुधबारको खेलमा विरगञ्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ स्थित झापा वैजनाथपुरको खेल मैदानमा बुधबार पहिलो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्