मतान्तर बढाउदैं अमनलाल मोदी
विराटनगर । माओवादी केन्द्रका नेता अमनलाल मोदीले मतान्तर फराकिलो बनाउँदै लैजान थालेका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका मोदीले ५ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले ४...
पछिल्लो तीन वर्षको अवधिमा जनावरको आक्रमणबाट आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ । सो आवमा वन्यजन्तुको आक्रणमा परी २२ जनाको मृत्यु हुनुका साथै १ सय २० जना घाइते भएका थिए ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामका अनुसार आव २०७४/७५ मा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु तथा ३२ जना घाइते भएका थिए ।
त्यस्तै, आव २०७६/७७ मा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ तथा घाइतेको सङ्ख्या ३४ रहेको सूचना अधिकारी रामले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जबाट जनावर सजिलै मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने र मानिससँग भेट हुँदा उनीहरुले आक्रमण गर्ने गरेको उनले बताए । मानव–वन्यजन्तु द्वन्द्व बढेपछि यसको नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा करेन्टको झड्का तथा मेसजाली लगाउन थालेको छ । विद्युतीय झड्काबाट वन्यजन्तुलाई क्षति नहुने भन्दै उनले त्यो विद्युतीय झड्का नाघेर जनावर बस्तीमा पस्न नसक्ने बताए ।
करिब छ करोड राहत वितरण
निकुञ्जका जनावरबाट हुने मानवीय क्षतिका लागि वर्षेनी राहत प्रदान गरिँदै आएको सूचना अधिकारी अशोक रामले बताए । उनका अनुसार पछिल्लो तीन वर्षमा जनावरका कारण मृत्यु भएका तथा घाइते भएका व्यक्तिको परिवारलाई करिब छ करोड राहत प्रदान गरिएको छ ।
आव २०७४/ ७५ देखि आव २०७६/७७ सम्म वन्यजन्तुको आक्रमणबाट भएको मानवीय क्षतिवापत निकुञ्जले राहतस्वरुप पाँच करोड ९० लाख ९६ हजार ६ सय ४४ रुपैयाँ प्रदान गरेको रामले बताए । निकुञ्जले आव २०७४/७५ मा मृत्यु भएका पाँच जनाको परिवारलाई प्रतिपरिवार १० लाखका दरले ५० लाख राहत उपलब्ध गराएको थियो ।
त्यस्तै निकुञ्जका जनावरबाट घाइते भएका व्यक्तिको उपचार खर्चसमेत निकुञ्जले व्यहोर्दै आएको छ । सो आवमा जनावरबाट घाइते भएका ३२ व्यक्तिको उपचार खर्चबापत २२ लाख २४ हजार ४ सय ५० पीडित परिवारलाई उपलब्ध गराइएको उनको भनाइ छ ।
जङ्गली जनावरको आक्रमणबाट व्यक्तिको मृत्यु भएमा निकुञ्जले १० लाख तथा घाइते भएमा उपचार खर्च उपलब्ध गराउँदै आएको सूचना अधिकारी रामले बताए ।
आव २०७५/७६ मा जङ्गली जनावरका आक्रमणबाट मृत्यु भएका २२ जनाको परिवारलाई निकुञ्जले राहतस्वरुप दुई करोड २० लाख रुपैयाँ उपलब्ध गराएको छ । त्यस्तै घाइते भएका व्यक्तिको उपचार खर्चबापत एक करोड ११ लाख ९५ हजार ५ सय १६ प्रदान गरिएको रामको भनाइ छ ।
अघिल्लो आव २०७५/७६ मा भन्दा गत आव २०७६/७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्याङ्कले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको सूचना अधिकारी रामले बताए ।
गत आव २०७६/७७ मा जनावरबाट मृत्यु भएका नौ जनाको परिवारलाई ९० लाख तथा घाइते भएका ३४ जनाको उपचार खर्चवापत छ लाख ७६ हजार ६ सय ७८ रुपैयाँ प्रदान गरिएको उनको भनाइ छ ।
सबैभन्दा बढी क्षति चितवनमा
निकुञ्जको जनावरका कारण सबैभन्दा बढी क्षति चितवनमा भएको छ । निकुञ्जबाट निस्किएका जनावरले आक्रमण गर्दा मृत्यु हुने ३६ मध्ये ३४ वटा घटना चितवन जिल्लाको तथा दुई घटना नवलपरासीको भएको निकुञ्जले जनाएको छ ।
त्यस्तै घाइते भएका २ सय ५६ घटनामध्ये २ सय १२ वटा चितवन, ३६ नवलपरासी, तीनवटा मकवानपुर, दुईवटा सर्लाही र एउटा पर्सामा भएका घटना हुन् ।
चालू आव २०७७/७८ को तीन महिनामा चितवन निकुञ्जबाट निस्किएको बाघको आक्रमणले तीन जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका तीनै जना चितवनका हुन् भने जङ्गलमा घाँस काट्ने जाने क्रममा उनीहरुलाई बाघले आक्रमण गरेको थियो ।
यस आवमा ज्यान गुमाउनेको परिवारलाई राहतवापतको रकम भुक्तानी गर्नका लागि प्रक्रिया भइरहेको सूचना अधिकारी अशोक रामले जानकारी दिए । रासस
विराटनगर । माओवादी केन्द्रका नेता अमनलाल मोदीले मतान्तर फराकिलो बनाउँदै लैजान थालेका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका मोदीले ५ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले ४...
श्रीलंकाका राष्ट्रपति गोटबाया राजापाक्षेले श्रीलंका छोडेको रहस्य खुलेको छ । बेलायती प्रसारण संस्था बीबीसीसँग कुरा गर्दै श्रीलंकाका सभामुख महिन्दा यापा आबेवार्डेनले राजापाक्षे स्वदेशमा नभएको बताएका हुन्। आर्थिक संकट गहिरिँदै गएपछि नागरिकको आन्दोलन चर्को बन्दै जाँदा...
विराटनगर, २८ पुस-सवारीचालक अनुमतिपत्रको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै नेकपाको दाहाल नेपाल समूहको अनेरास्ववियूले प्रदेश १ को प्रदेश सभा सचिवालयको ध्यानाकर्षण गराउदै निर्णय खारेजीको माग गरेको छ। प्रदेश १ सरकारले पुस १५...
विराटनगर । विराटनगरका चर्चित डाक्टर कैलाश श्रेष्ठले विराटनगरस्थित मकालु एभरेष्ट हस्पिटलबाट सेवा सुरु गरेका छन् । नाक, कान, घाटीका सिनियर कन्सलटेन्ड डा. श्रेष्ठले आइतबारदेखि मकालु एभरेष्ट हस्पिटलमा स्वास्थ्य सेवा सुरु दिन थालेका हुन् । आइतबार...
काठमाडौं, २५ साउन । आज एकै दिन धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताले १४ अर्ब रुपैयाँबराबरको शेयर किनबेच गरेका छन् । सोमबार नेप्से झिनो अंकले बढे पनि शेयर किनबेच भने १४ अर्ब १३ करोड ७३ लाख ३८...
विराटनगर, १५ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ । प्रदेश १ मा आज...
काठमाडौं, १० कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका...
विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आज विभागीय टिम त्रिभूवन आर्मी क्लब र न्यूरोड टिम एनआरटी फुटबल क्लब काठमाण्डौंबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट ५ः ४५ बजे सुरू हुने रात्रीकालिन...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.