तीन जना मन्त्री थप्ने तयारी, नेकपा सचिवालयले टुंगो लगाउने

 न्यूज विराट
तीन जना मन्त्री थप्ने तयारी, नेकपा सचिवालयले टुंगो लगाउने

काठमाडौं २० असोज-आज दिउँसो बस्ने नेकपा सचिवालय बैठकले तीन मन्त्रालयमा मन्त्री नियुक्तिको बाटो खुला गर्ने तयारी गरेको छ । रिक्त मन्त्रालय तत्काल पूर्ति गर्ने र दशैंपछि मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारेमा अध्यक्षद्धय पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीबीच सोमबार भएको भेटमा अनौपचारिक सहमति भएको थियो ।

सचिवालयमा आज सहमति जुटे पनि आजै मन्त्री नियुक्त हुने सम्भावना भने कम छ । नेकपाका एक सचिवालय सदस्यका अनुसार आजको सचिवालय बैठकको एजेण्डा भने जानकारी गराइएको छैन । ती सदस्यका अनुसार एजेण्डा नपठाए पनि रिक्त मन्त्रालयमा मन्त्री थप्नेसहितका विषयमा छलफल हुनेछ ।

नेकपा स्रोतका अनुसार तीनमध्ये दुई मन्त्रालय पूर्वएमालेको भागमा पर्ने सम्भावना छ । त्यसमा अर्थ र सञ्चार ओलीले पूर्वएमाले र सहकारी विकास मन्त्रालय पूर्वमाओवादीको भागमा पार्ने गरी दुई अध्यक्षबीच छलफल भएको छ । युवराज खतिवडाले राजीनमा दिएपछि अर्थ मन्त्रालय रिक्त छ । जसमा नेकपाभित्र महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डेको दाबी छ ।

वामदेव गौतमको पनि अर्थ मन्त्रालयमा नै दाबी रहे पनि उनको मुद्दा अदालतबाट टुंगो लागिसकेको छैन । त्यसैले अहिले पौडेल र पाण्डे दाबेदारमा देखिए पनि दुवै अध्यक्ष अहिले पौडेलतिर ढल्केका छन् ।

यता, सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट गोकुल बास्कोटाले राजीनामा दिएपछि पहिले अर्थमन्त्री युवराज खतिवडा र उनी हटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै जिम्मेवारी सम्हालिरहेका छन् । त्यसैगरी, सहरी विकास मन्त्रालय अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले सम्हालेका छन् भने रामवीर मानन्धर राज्यमन्त्री छन् ।

सम्बन्धित समाचार

थारु कल्याणकारिणीको स्वमात्वि विवाद चर्कियो, दुवै समूहको आ–आफ्नै दाबी

विराटनगर । थारु कल्याणकारिणी सभा (थाकस) मोरङमा पद स्वामित्वको बिषयमा देखिएको विवाद थप चर्किएको छ । सभाको मोरङ सभापति प्रदीपकुमार भगत र प्रदीपकुमार विश्वास समुहबिच बितेको बर्ष देखी विवाद थप चर्किदै गएको हो । दुवै...

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरिहेको काम तथा त्यसको उपलब्धिलाइ लिएर बिहान ११ बजे सम्बोधन गर्ने भएका हुन् । सम्बोधनमा कोरोना नियन्त्रण तथा...

आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै

काठमाडौं, ५ भदौ-हिन्दु नारीहरूको महान पर्व हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । विगतमा धुमधामका साथ मनाइने तीज यो पटक भने कोरोना महामारीका कारण खल्लो भएको छ । सरकारले संक्रमण नियन्त्रणका लागि...

३२ जनाले जिते कोरोना, कुल ३ सय ६५ जना संक्रमणमुक्त

काठमाडौं, २४ जेठ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई जितेर घर फर्किने संख्या बढिरहेको छ । शनिबारसम्मको विवरणअनुसार ३ सय ६५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा उपचारपछि निको भएर थप...

कटहरीका वडा सदस्य र स्वयंसेविकालाई साइकल वितरण

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले वडा सदस्यहरू र स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।कटहरीमा मंगलबार एक कार्यक्रम आयोजना गरी ५६ वटा साइकल वितरण गरेको हो । काम कारवाहीमा छिटो र छरितो सेवा प्रभावहा गर्ने...

कांग्रेसले सागका स्वर्ण विजेतालाई सम्मान गर्ने

काठमाडौं, ६ साउन-नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । विभागको ५ साउनमा बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग...

पुराना घर नक्सा पास गर्ने बारे सूचना

  रस्तुत विषयमा यस पथरी शनिश्चरे नगर कार्यपालिकाको माघ १५ गतेको बैठकले नगरमा नक्सा पास नभएका पुराना घर, टहरा र अन्य संरचनाहरुको नक्सा पासको प्रक्रियामा आउनका लागि ९० दिनसम्मको अवधि पुनः खुला गर्ने निर्णय गरेको...

प्याब्सन स्पोर्टस् मिट : फुटबलको उपाधि सनरे स्कुललाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुलले जुनियरतर्फ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा सुन्दरहरैचाको सिदार्थ स्कुललाई २–० गोलले हराउँद सनरेले फुटबलको उपाधि जितेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्