विराटनगरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
विराटनगरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, १४ असोज-असोज-मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय पुरूष रहेको केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलले बताए ।

उनको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको हो। कोरोना पोजिटिभ भएसँगै ४ असोजमा भर्ना गरिएका बिरामीमा दीर्घ रोग मधुमेह तथा उच्च रक्तचापको समस्या थियो।

स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि ६ असोजको राति पौने ८ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको गरिएको थियो । यस क्रममा बिरामीमा रेमडेसिभर औषधि समेत चलाउँदै आएको थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण १९ महिला र ४९ पुरुष गरी कुल ६८ जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार

सञ्चार क्षेत्रका लागि विशेष प्याकेज ल्याउन प्रेस युनियनको आग्रह

नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मीसमेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ । युनियनका अध्यक्ष बद्रि सिग्देलले आज एक विज्ञप्तिमार्फत...

कोशी क्रिकेट महोत्सव २०२५ विराटनगरमा सम्पन्न

विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ । विराटनगर...

एभरेष्ट स्कुलमा वार्षिक स्पोर्ट्स मिट सुरु

विराटनगर । विराटगर– स्थित एभरेष्ट स्कुलको वार्षिक स्पोर्ट्स मिट आजदेखि सुरु भएको छ । एभरेष्ट कलेजको खेल मैदानमा आज मन्टेश्वरी तर्फका कक्षा नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीलाई विभिन्न प्रतियोगिता गराइएको हो । २१ गतेदेखि गर्ने...

पूर्वबजेट छलफलमा करको दायरा बढाउन सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला...

नवजात शिशु बेचेको घटनामा नर्ससहित थप चार जना पक्राउ

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु बेचेको घटनामा संलग्न थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप पक्राउ पर्नेमा नवजात शिशु खरिद गर्ने, हस्पिटलका नर्स र पाँच लाखमा शिशु बेच्ने डाक्टर...

एमसीसीको पक्षमा मतदान गरे जनकारबाही गर्ने मन्त्री भट्ट र देउवालाई विप्लवको चेतावनी

डडेल्धुरा, ११ असार-पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकारबाही गर्ने चेतावनी दिएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित देउवा निवासको...

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, १५ असार-एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता...

दक्षिण कोरियामा नेपालीलाई पनि सरकारी राहत

दक्षिण कोरिया, ११ वैशाख-कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको १ प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्नेछन् । दक्षिण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्