विराटनगर, १२ असोज–प्रदेश १ मा सोमबार ८३ जनाकोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २÷२, धनकुटा र इलाममा १÷१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ७ महिला ७ पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीयतह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६ महिला १० पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, सुन्दर हरैचामा १ महिला १ पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीयतह नखुलेका १ महिला २ पुरुषमा संक्रमण देखिएको छ ।
उता ओखलढुङ्गाको सिद्धिचरणमा १ महिला २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीयतहनखुलेका १÷१ पुरुष, झापाको मेचीनगर र विर्तामोडमा १÷१ पुरुष, धनकुटा र इलाममा १÷१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय १९ पुगेको छ ।
प्रदेश १ मा सोमबार ४४ जना डिस्चार्ज भएका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आईसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् । योसँगै डिस्चार्ज हुनेको संख्या दुई हजार ८ सय ६८ पगेको छ ।
प्रदेश १ मा सोमबार ९ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७ महिला र ५६ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा १ लाख २१ हजार ९ सय १२ जनाको पीसीआर परीक्षण भएको छ ।