अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो कर नतिरेको आरोप

 न्यूज विराट
अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो कर नतिरेको आरोप

एजेन्सी, १२ असोज-अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । अमेरिकाको द न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकरका रुपमा जम्मा ७ सय ५० डलर मात्रै तिरेको समाचार प्रकाशित गरेपछि ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको हो ।

ट्रम्प सन् २०१६ मा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए । ट्रम्प र उनको कम्पनीको कर सम्बन्धी पछिल्लो दुई दशकको विवरण न्युयोर्क टाइम्सले पाएको बताएको छ । जसअनुसार ट्रम्पले पछिल्ल १५ मध्ये १० वर्ष आयकर तिरेका छैनन् । उनको कम्पनीले घाटा व्येहोरेको रिपोर्ट बनाएर कर नतिरेको बताइएको छ ।

ट्रम्पले न्यूर्योक टाइम्सको सो समाचार गलत भएको बताएका छन् । न्यूयोर्क टाइम्समा समाचार प्रकाशित भएपछि ट्रम्पले पत्रकारसँग आफ्नो बचाउ गर्दै भनेका छन्, ‘मैले कर तिरेको छु, तर तपाईँहरु सबैले मेरो कर सम्बन्धी काम सकिएपछि थाहा पाउनुहुनेछ ।’

राष्ट्रपति ट्रम्प र ट्रम्प अर्गनाइजेशनको स्वामित्वमा रहेका कम्पनीको सन् १९९० देखियताको कर सम्बन्धी जानकारीहरुको अध्ययन गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

सन् २०१६ र २०१७ को ट्रम्पको व्यक्तिगत कर विवरण पनि अध्ययन गरेको जनाइएको छ। न्युयोर्क टाइम्सका अनुसार  ट्रम्पले सन् २०१६ र २०१७ मा समान ७५० अमेरिकी डलर कर तिरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ बाट थप २४ जना कोरोना मुक्त, एक जना संक्रमित थपिए

विराटनगर, २ साउन–प्रदेश १ मा आज २४ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग बाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई...

एसइइ रनिङ्ग शिल्ड : मोरङ र सुनसरीका पाँच स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आइतबार...

एक हप्तापछि आयोगको निर्णयले ठूलो भूकम्प ल्याउँछ : आयुक्त थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा स्पष्टीकरणले तरंगित भएको बताएका छन् ।निर्वाचन आयोगले विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय सञ्चारमाध्यम सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन आचारसंहिता...

जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल

विराटनगर, ५ कात्तिक–प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे आज सरोकारवालासँग अनलाईन छलफल गरिएको हो ।...

बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान

काठमाडौं, २३ वैशाख-सरकारले बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप...

कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार, तीन वर्षमा २४८ जनाको शल्यक्रिया

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोसील भएका विरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा....

मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो, ५ को अवस्था अज्ञात 

सिन्धुपाल्चाेक, १९ साउन-सिन्धुपाल्चोक मेलम्ची बजारमा पहिरोमा परी बेपत्ता भएकामध्ये ३ जना मृत फेला परेका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको मेलम्ची– ११ स्थित घर पहिरोले पुरिँदा बेपत्ता भएका ८ मध्ये ३ जनाको शव फेला...

कोशी र बीपीमा २ संक्रमित महिलाको मृत्यु

विराटनगर, २० भदौ–कोरोना भाइरसको संक्रमणबाट विराटनगरका दुई जना महिलाको मृत्यु भएको छ । एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोशी अस्पतालमा शुक्रबार साझ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्