न्युरोले सञ्चालनमा ल्यायो पिसिआर ल्याब

 न्यूज विराट
न्युरोले सञ्चालनमा ल्यायो पिसिआर ल्याब

विराटनगर, ११ असोज–विराटनगरस्थित न्युरो अस्पतालले कोरोना परिक्षणका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ । न्यूरो कार्डियो एण्ड मल्टि स्पेश्यालिटि हस्पिटलले आइतबारदेखी निजिस्तरामा १ नं प्रदशकै पहिलो अत्याधुनिक पिसिआर ल्याब संचालनमा ल्याएको हो ।

सरकारले न्यूरो अस्पताललाई निजि स्तरबाट पहिलो पटक कोरोना परिक्षण गर्न अनुमति दिएसंगै अब कोरोनाको परिक्षणमा थप सहज हुने जनाइएको छ । न्यूरो हस्पिटलद्वारा संचालित कोभिड अस्पतालमा आर टि पिसिआर ल्याब संचालनमा आएको हो । स्वास्थ्य मन्त्रालयले आज स्वीकृति दिएसँंगै ल्याब संचालनमा आएको अस्पतालले जनाएको छ । निजि स्तरमा प्रदेश १ मै पहिलो पटक न्यूरो अस्पतालले आर टि पिसिआर ल्याब संचालनमा ल्याएको हो ।

बिराटनगर १० स्थीति कोभिड अस्पतालमा अत्यधुनिक ल्याबमा ब्शगचभ कम्पनीको पिसिआर मेसिन तथा श्थदष्य कम्पनीको न्युकलिक एक्स्ट्रयाक्सन मेसिन जडान भए संगै सरकारले निर्धारण गरेका सम्पुर्ण परिक्षण तथा मापदन्डहरुमा उत्कृष्ट रहदै मन्त्रालयद्वारा मान्यता प्रदान गरिएको हो ।

सो अत्याधुनिक पिसिआर ल्याबमा दैनिक १ हजार भन्दा बढी पिसिआर परिक्षण गर्न सकिने अस्पतालको दावी छ । ल्याब संचालन सँगै १ नं प्रदेशमा अब नतिजाको लागि धेरै समय कुर्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको अस्पतालका अपरेशनल डाइरेक्रटर राजेश भट्टराईले बताए । उनले कोभिड बिरुद्धको लडाईमा कोभिड अस्पतालको संचालन पछि आर टि पिसिआर ल्याबको संचालनको रुपमा अर्को कोसे ढुङ्गा पार गरेको बताए ।

न्यूरो अस्पतालले १ नं प्रदेशमै निजि स्तरबाट पहिलो कोभिड अस्पताल संचालनमा ल्याएसंगै कोभिडको उपचारमा बिभिन्न प्याकेजहरुका साथै प्रादेशिक सरकार , समाजिक विकास मन्त्रालयसंगको समझौता पछि लक्षण भएका कोरोना संक्रमितको निःशुल्क उपचार समेत गर्दे आएको छ ।

हाल आएर आर टि पिसिआर ल्याबको संचालनले कोरोनाको संक्रमितको उपचारमा मात्र होइन् , अन्य बिरामीकोहरुको उपचारमा समेत सहजता हुने अस्पतालका अस्पताल निर्देशक तथा कोभिड—१९ म्यानेजमेन्ट एण्ड रेस्पोन्स कमिटिका संयोजन ई रंजित राज बस्नेतले बताए ।
अस्पतालले पिसिआर जाँचको लागि ल्याबमा गई स्वाबको नमुना दिन सकिने अथवा घरबाटै स्वाब संकलन गर्न (होम सेम्पलेङ) सकिने व्यावस्था पनि मिलाएको छ ।

सम्बन्धित समाचार

बनारसमा जबरजस्ती कपाल खौरिने व्यक्ति १ हजार लिएर नेपालका नक्कली नागरिक बनेको खुलासा

काठमाडौं, ३ साउन-भारतको बनारसमा केही दिनअघि जबरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ । उनलाई स्थानीय हिन्दु सेनाका सदस्यले १ हजार भारतीय रुपैयाँ दिएर 'नेपाली' बनाएको रहस्य खुलेको हो । हाल प्रहरी अनुसन्धानमा...

व्यवसाय प्रबर्द्धनमा महिला उद्यमीको जोड

विराटनगर । महिला उद्यमीहरूले आफूहरूको व्यवसाय प्रबर्द्धनका लागि सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौती सम्बन्धी...

कोरोना त्रासले मोरङ कांग्रेसको बैठक स्थगित

विराटनगर, चैत २–कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली कांग्रेस मोरङको बैठक स्थगित भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि पार्टीको बैठक तय थियो । घिमरेले आइतबार पार्टीले बैठक स्थगनबारे...

लुम्बिनीको पर्यटन विकासका लागि बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन 

काठमाडौं,  २४ भदौ-बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय उपजको रुपमा विकास र प्रवद्र्धन गरी धेरैभन्दा धेरै बुद्धिष्ट पर्यटक भित्र्याउने योजनाका साथ नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन गरिएको छ ।  लुम्बिनी तथा बुद्घ र...

कोरोना पोजिटिभ भएका तर लक्षण नभएकालाई घरमै राखिने

काठमाडौं, १ असार-कोरोना भाइरस पोजिटिभ देखिएका सबैलाई अस्पतालमा नराखिने भएको छ । स्वास्थ्य मन्त्रालयको कोरोना रेस्पोन्स प्लान अनुसार अब पोजिटिभ भएका तर लक्षण नभएकालाई घरमै राख्न लागिएको हो । यद्यपि उनीहरूको निगरानी भने गरिने छ...

इन्टरेक्ट क्लब अफ डिएभीको पदस्थापना

विराटनगर, १ असोज–रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित डिएभी स्कुलमा इन्टरेक्ट क्लबको पदस्थापन गराएको छ । अनलाई प्रविधि जुम एप मार्फत गरिएको भर्चुअल कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउन टाउनले इन्टरेक्ट क्लब अफ डिएभीको...

प्रहरी दिवसमा रक्तदान कार्यक्रम, ६८ जनाले गरे रक्तदान

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर रक्तादन कार्यक्रम आयोजना गरेको छ । विराटनगरको ट्राफिक चोकमा मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेको प्रहरीले जनाएको छ ।कोशी...

बुढानीलकण्ठ स्कुलमा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. मा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । स्कुल परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौसम्मका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्