मोरङमा १६७ सहित प्रदेश १ मा आज १ सय ८१ संक्रमित थपिए

 न्यूज विराट
मोरङमा १६७ सहित प्रदेश १ मा आज १ सय ८१ संक्रमित थपिए

विराटनगर, ११ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामाा १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र प्रदेश १ बाहिरका १÷१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष रहेका छन् ।

मोरङको कटहरीमा ८ महिला ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २÷२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १÷१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको दुहवीमा १ महिला ४ पुरुष, धरान र इटहरीमा १–१ पुरुष, झापाको विर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा १÷१ पुरुष, भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, तेह्रथुमको लालीगुराँसमा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।

प्रदेश १ मा आइतबार ३६ जना डिस्चार्ज भएका छन् । इलाम अस्पताल आईसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट ३, मारवाडी सेवा सदन आईसोलेसनबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ८२५ पुगेको छ ।

प्रदेश १ मा आइतबार ९ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ६५ महिला र ११६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म प्रदेश १ मा १ लाख २० हजार ९९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

कान्तिपुर स्कुलको भव्य भयो वार्षिकोत्सव र अभिभावक दिवस

विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका...

युवालाई प्रहरी आयोग कक्षा पढाउँदै कटहरी गाउँपालिका

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले यहाँका तीन दर्जन बढी युवा युवतीहरुलाई लोकसेवाको तयारी कक्षा पठाउन सुरु गरेको छ । कटहरी गाउँपालिका भित्रका युवा युवतीहरुलाई शुक्रबारदेखि पालिकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुनका...

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, अमेरिकामा एकैदिन २६ हजार थपिए

एजेन्सी, चैत २०-विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख नाघेको छ । बुधबार एकै दिन ७६ हजार बढी संक्रमित थपिएसँगै यो संख्या ९ लाख नाघेको हो । पछिल्लो विवरण अनुसार विश्वका २०३...

सत्तारुढ सांसदमा बदलाभाव, प्रदेश–२ ले पाएन स्थायी राजधानी

जनकपुर, चैत ५–सत्तारुढ दलका सांसदमा बदलाको भावना पलाउँदा प्रदेश–२ को स्थायी राजधानीको विषय टुंगो लगाउन प्रदेशसभा असफल बनेको छ । सत्तारुढ दल राजपा र समाजवादी पार्टीका बहुसंख्यक सदस्यले जनकपुरको विपक्षमा मतदान गरेपछि प्रदेश राजधानी टुंगो...

विराटनगरमा नेवार समुदायले मनाए यःमरी पूर्णिमा (फोटो फिचर)

विराटनगर । नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाएका छन् । नेवा : दय् दवू विराटनगर ३ नम्बर वडाले विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी याःमरी पूर्णिमा मनाएको हो । नेवार समुदायले ठूलो चाडका...

गुरुङलाई हटाउने प्रस्ताव र अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास : प्रचण्ड-माधव समूह

प्रमुख सचेतक देव गुरुङलाई हटाउने प्रस्ताव र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास रहेको प्रचण्ड-माधव समूहले ठहर गरेको छ । स्थायी कमिटी बैठक चलिरहेको अवस्थामा संवैधानिक नियुक्तिमा एकलौटी गर्नका लागि जारी भएको अध्यादेश र प्रमुख...

राजनीतिमा महिला सहभागिता बढ्नुपर्नेमा जोड

विराटनगर । राजनीतिमा महिला सहभागिता बढ्नुपर्नेमा जोड दिएको छ । दलित महिला केन्द्र नेपालको आयोजनामा विराटनगरमा आइतबार भएको राजनीतिक दलमा लैंगीक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था र कार्यान्वयन अन्तर विषय अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो...

लडेर १ जनाको मृत्यु

संखुवासभामा लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको धर्मदेवी नगरपालिका-६ का ५१ वर्षीय जंगबहादुर जिमीको घरबाट लडेर मृत्यु भएको हो । जिमी मंलबार आफ्नै घर अगाडि ढुंगा निकाल्ने क्रममा चिप्लिएर लडेका थिए । जिमीलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्