कार्यालयमा प्रमुख दीपक तिवारीका अनुसार होम आइसोलेसनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टाइन प्रभावकारी देखिएको हो । यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टाइन पनि विस्तारै खाली हुँदै गएको छ ।
लक्षण नभएका संक्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ ।
लक्षण देखिएका कोरोना संक्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको प्रमुख तिवारीले बताए ।
होम आइसोलेसनमा बसेर कोरोना सङ्क्रमणमुक्त महिलाका अनुसार होम आइसोलेसनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ ।
घरमै परिवारबाट छुट्टै बसरे गुर्जो, बेसारपानी र स्वासस्प्रस्वाससम्बन्धी व्यायाम गरे छिट्टै कोरोनालाई परास्त गर्न सकिन्छ । हाल होम आइसोलेसनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ४ य ४९ जना बसेका छन् । रत्नननगरमा ६५, खैरहनीमा ५६, राप्तीमा २५, कालिकामा २१, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा ५५ जना छन् ।
चितवनमा अहिलेसम्म १ हजार ६ सय ७७ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये पुरुष ९ सय ९३ र महिला ६ सय ८४ छन् । त्यसमध्ये ७ सय १५ कोरोना निको भई घर फर्किएका छन् भने १८ जनाको मृत्यु भएको छ । रासस