५८ वर्षपछि भेटियो ११ नम्बर सीमा स्तभ

 न्यूज विराट
५८ वर्षपछि भेटियो ११ नम्बर सीमा स्तभ

सुर्खेत,  ८ असोज-५८ वर्षदेखि हराएको भनिएको नेपाल–चीनबीचको ११ नम्बर सीमा स्तम्भ फेला परेको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले ११ नम्बर पिल्लर फेला पारेको हो ।

नाम्खा गाउँपालिका–६ स्थित टाकुलेमा सीमास्तम्भ फेला परेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले बताए । ‘चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको टोलीले बुधबार टाकुलेमा ११ नम्वर पिल्लर फेला पारेको छ,’ उनले भने, ‘विस्तृत विवरण भने प्रजिअ सदरमुकाम फर्केपछि थाहा होला ।’

सीमा प्रहरी चौकी हिल्साभन्दा करिब पाँच हजार दुई सय मिटर उचाईमा ११ नम्बर पिल्लर फेला परेको गाउँपालिका अध्यक्ष तामाङले बताए ।हराएको पिल्लर खोज्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित दुई छुट्टाछुट्टै टोली सीमा क्षेत्रमा खटाइएको थियो । सो सीमास्तम्भ २०१९ सालमा दुई देशको सीमामा गाडिएको थियो । ५८ वर्षपछि नेपाली टोलीले सो सीमास्तम्भ भेटेको हो ।

सम्बन्धित समाचार

अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

काठमाडौं, २ कात्तिक-अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । आर्थिक रूपमा विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्ने, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क...

पूर्वमन्त्री पण्डितको पहलमा युवा नेता आजमले वितरण गरे राहत

विराटनगर, जेठ १३–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का सांसद लालबाबु पण्डितको पहलमा बन्दाबन्दीका कारण समस्यामा पर्दै आएका परिवारलाई राहत वितरण गरिएको छ । सांसद पण्डितको पहलमा नेकपा युवा नेता मो. आजमले विराटनगर–९ स्थित धोवीयारी...

पास नलिइ आउने प्रदेशसभा सदस्यलाई फर्काइयो

चितवन, २ जेठ-कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडा गरेको छ । जिल्लाका चोक-चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ । अत्यावश्यक सवारी साधन मात्र चलेका छन् ।...

जो बाइडेन काश्मिरीको पक्षमा

एजेन्सी, असार १२-अमेरिकी राष्ट्रपतिका लागि आगामी ३ नोभेम्बरमा निर्वाचन हुँदैछ । सो निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दैछन् । ट्रम्प प्रशासन भारतसँग निकै नरम देखिदै आएको छ । तर यो...

रोटरीका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’

विराटनगर । सामाजिक कार्यमा अग्रणी रहेको रोटरी क्लबका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा रोेटरीका मार्गदर्शक सिद्धान्तहरुको ‘प्रोमोसन’ गरिएको हो ।...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, कात्तिक २५ ।  पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : विराटनगरलाई हराउँदै जोगवनी विजय

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा जोगवनीको प्रशान्त क्रिकेट क्लब विजयी भएको छ । विराटनगर जुटमिलको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा घरेलु टिम बिसीसीए विराटनगरललाई ६२ रनले हराउँदै जोगवनी विजय...

विराटनगरमा थप एक सय बेडको सुविधासम्पन्न कोरोना उपचार केन्द्र

विराटनगर २३ कात्तिक–प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्त रुपमा कोरोना सङक्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन विराटनगरमा एक सय बेडको एचडिओ र अक्सिजन सहितको अस्पताल(उपचार केन्द्र) तिहार आगाडि सञ्चालन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्