कोरोना कहरकाबीच मजदुरीका लागि भारत जानेको लर्को

 न्यूज विराट
कोरोना कहरकाबीच मजदुरीका लागि भारत जानेको लर्को

सर्लाही, ७ असोज-कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदुरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन् ।

खुला सीमा नाकाका कारण यहाँका स्थानीवासी रोजगारीका लागि दैनिक सयौँको सङ्ख्यामा भारततर्फ गइरहेका छन् । रोगको डरले स्वदेश फर्केका नेपालीहरु अहिले भोकको पीडाले फेरि भारत पस्न बाध्य छन् ।

नेपालमा लकडाउन भएसँगै नेपाल भित्रिएका उनीहरू पाँच महिना आफ्नै देशमा बसेपछि पछिल्लो समय खान लाउन र दैनिक गुजारा गर्न समस्या भएपछि भारत पस्न बाध्य भएका हुन् । भारतमा फैलिरहेको कोरोनासँग मनमनै डर लागिरहेको भए पनि एक छाक टार्न र परिवार पाल्नका लागि भएपनि रोजगारीका लागि भारत गइरहेको नेपाली सीमाक्षेत्रमा भेटिएको स्थानीयवासी उमाशंकर साहले बताए ।

जिल्लाका अधिकांश नागरिक वर्षको करिब नौ महिना भारतका विभिन्न स्थानमा गएर काम गर्ने र भएको कमाइले बाँकी तीन महिना आफ्नो गाउँमा बसेर खाने गर्दछन् । सर्लाहीका प्रायः सबै स्थानीय तहबाट सयौँको सङ्ख्यामा नेपाली कामको खोजीमा भारतका विभिन्न राज्यमा जान सुरू गरिसकेको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र राय यादवले बताए । उनका अनुसार गोडैताबाट करिब चार सय नेपाली रोजगारीका लागि भारत गएका छन् ।

नेपाली कामदार लिन भारतका विभिन्न स्थानबाट रिजर्भ बस सीमावर्ती बजारका बस पार्कमा आएर बस्ने गरेका छन् । ती बसमा करिब ४ हजार ५ सयसम्म भाडा तिरेर मजदुर काम गर्ने स्थलतर्फ जान थालेका छन् ।

सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकाबाट पनि रोजगारीका लागि भारत जानेहरूको लर्को रहेको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिए । स्थानीय स्तरमा रोजगारी उपलब्ध नभएकाले कोरोना सङक्रमणकै बीचमा पनि उनीहरू भारत जान बाध्य छन् । जिल्लाबाट मजदुरीका लागि नेपाली भारतको पञ्जाब, दिल्ली, मुम्बई र सुरतमा जाने गरेका पाइएको छ । रासस

सम्बन्धित समाचार

सकियो सीएनआइ कोशी एक्स्पो, चार लाख बढीले गरे अवलोकन

विराटनगर । सीएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने...

जेठ २ गतेसम्म आन्तरिक र बाह्य उडान बन्द रहने

काठमाडौं, १३ चैत-सरकारले आन्तरिक र बाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय लिएको छ । शनिबार प्रधारमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले मे १५ सम्मको लागि उडान...

सुनवल नाकामा अलपत्र परेका २३ जना नेपालीको उद्दार

संखुवासभा, ११ जेठ-रुपन्देहीको सुनवल नाकाबाट संखुवासभाका २३ जनालाई उद्दार गरिएको छ । उनीहरु लुकेर सुनवल नाका हुँदै रुपन्देही आइपुगेका थिए । अलपत्र परेका नागरिकलाई मादी नगरपालिकाको पहलमा उद्दार गरिएको मादी नगरपालिका नगरप्रमुख विदुर सुब्बा लिङ्थेपले...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७० संक्रमित थपिए

विराटनगर, ४ कात्तिक–प्रदेश १ मा आज आठ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा चार सय ४९, मोरङमा तीन सय ३७, झापामा ३८, इलाममा...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीलेतको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेकाले मूल्य...

लेखा परीक्षणमा विश्‍वसनियता आवश्‍यक : अर्थमन्त्री खतिवडा

काठमाडौं, २१ साउन-अर्थमन्त्री डा. युवराज खतिवडाले लेखा परीक्षणमा थप विश्‍वसनीयताको आवश्‍यक रहेको बताएका छन् । अडिटर्स एसोसिएसनको स्थापना दिवसका क्रममा आयजित कार्यक्रममा खतिवडाले लेखा मापदण्ड, रिपोर्टिङ प्रणाली र अन्तिम लेखापरीक्षणको विश्वसनीयतामा सरकारले ध्यान दिइरहेको बताए...

ओएनएफ अष्ट्रेलियाको सल्लाहकार समितिमा भैरब ढकाल चयन

विराटनगर । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको हालै सम्पन्न पाचौ अधिवेशनबाट पश्चिम अस्ट्रेलियाका भैरब ढकाललाई सल्लाहकार रुपमा चयन भएका छन् । अधिवेशनले राष्ट्रिय कमिटीको प्रथम बैठकले राज्य कमिटी इन्चार्ज, पव्लिक रिलेसन अफिसर सहित विभागीय प्रमुखहरु...

धारामा लेदोसहितको पानी आएपछि विराटनगरका स्थानीय आन्दोलित, स्वच्छ खानेपानी वितरण गर्न माग

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का स्थानीय बासिन्दाहरू स्वच्छ खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। महिनौंदेखि धारामा लेदोसहितको धमिलो पानी आउन थालेपछि आक्रोशित स्थानीयवासीले मंगलबार वडा कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।आन्दोलनकारीहरूले वडा कार्यालयमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्